महेन्द्रनगर । सुदुरपश्चिम कल्याणकारी समाज कञ्चनपुरले आर्थिक विपन्न दलित परिवारलाई सहयोग गरेको छ ।
सुदुरपश्चिम कल्याणकारी समाजले जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ५ बस्ने दलित,विपन्न परिवारलाई खाद्यान्न र नगद सहयोग गरेको हो ।
कल्याणकारी समाजले नयाँ बर्षको साईत जुराउदै भीमदत्त नगरपालिका ५ बस्ने दलित विपन्न परिवार सेते दमाईको परिवारलाई आर्थिक नगद सहित खाद्यान्न लगाएतका सामाग्री सहयोग गरेको कल्याणकारी समाजका अध्यक्ष बिक्रम बुढाले बताएका छन् ।


समाजले सेवा नै धर्म हो भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै गत विगतका दिनहरुमा पनि सामाजिक उत्तरदायीत्व अन्तर्गतका कामहरु गर्दै आईरहेको समाजका कोषाअध्यक्ष नरेन्द्र सार्कीले बताए।
समाजका का सदस्य आशिष धामीले आगामी दिनहरुमा पनि यो सामाजिक कार्यलाई निरन्तरताका साथ अगाडि बढाउदै लैजाने बताएका छन् ।सुदुरपश्चिम कल्याणकारी समाजको २५ जनाको कार्यसमिति रहेको छ । सुदुरपश्चिम कल्याणकारी समाजको स्थापना भएको १ बर्ष पुरा भएसंगै समाजले विभिन्न प्रकारका सामाजिक उत्तरदायीत्व अन्तर्गतका कामहरु गर्दै आईरहेको छ ।
