महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले ट्रयाक्टर बहस कार्यक्रम सम्पन्न गरेको छ ।
सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलाली द्धारा नव–प्रवर्तनिय कार्य अन्र्तरगत शनिबार जिल्लाको पश्चिमी सिमा गडचौकीमा एक दिने ट्रयाक्टर बहस कार्यक्रम सम्पन्न गरेको हो ।
शनिबार कार्यालयले जिल्लामा रहेका ट्रयाक्टर चालक तथा ट्रयाक्टर धनी लगाएत सरोकारवाला निकायसंग अन्तरक्रियात्मक ट्रयाक्टर बहस कार्यक्रम सम्पन्न गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख चक्रराज जोशीले ट्रयाक्टर दुर्घटनाबाट हुने सम्भावित क्षतीलाई मध्यनजर गर्दै दुर्घटना न्यनीकरण गर्ने ट्रयाक्टर बहस कार्यक्रमको आयोजना गरेको बताएका छन् ।
जोशीले जिल्लाको विभिन्न ग्रामिण क्षेत्रमा विवाह,ब्रतवन्ध, बनभोज,मलामी लगाएत विभिन्न ठाउँमा ट्रयाक्टरहरु प्रयोग गरेको पाईएको हुँदा यसरी ट्रयाक्टरमा असुरक्षीत यात्रा गर्दा हुने ठुलो धन–जनको क्षती, कानूनी जटिलता,लगाएत पछि आउने समस्ययाको बारेमा सम्बन्धीत सरोकारवाला निकायहरुलाई सचेत गराउन अन्तरक्रिया कार्यक्रम गरेको बताए ।
जोशीले ट्रयाक्टर जुन प्रयोजनको लागि खरिद गरेको हो सो प्रयोजनको लागि मात्र प्रयोग गर्नु पर्नेमा जोड दिएका छन् । कञ्चनपुरको हकमा आर्थीक वर्ष२०८०÷०८१ मा १२ वटा ट्रयाक्टर दुर्घटना हँदा पाँच जनाले ज्याज गुमाउनु परेको र २४ जना घाईते भएको जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरका प्रमुखले लक्ष्मण पचभैयाले बताए ।कार्यक्रममा विभिन्न राजनितिक दलका पतिनिधि,संघसंस्था,सरोकारवाला निकायको उपस्थिति रहेको थियो।

