कञ्चनपुरमा स्कारपियो दुर्घटना, दुलहा दुलही सहित ७ जना घाईते

Published by:

Published on:

महेन्द्रनगर । कञ्चनपुरमा विवाहको जन्ती लिएर आएको सवारी साधन दुर्घटनामा परेको छ । भीमदत्त नगरपालिका ६ ऐठपुरमा दुलही लिएर फर्किएको भारतिय नम्वर प्लेटको स्कारपियो दुर्घटनामा परेको हो ।

ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख लक्ष्मण पचभैयाका अनुसार दुलहा दुलहीसहित ७ जना घाईते भएका छन् । मलासबाट दुलही लिएर आएको स्कारपियो दुर्घटनामा परेको हो ।युके ०६ टिए ४२४९ नम्वरको भारतिय नम्वर रहेको स्कारपियो दुर्घटनामा परेपछि चालक फरार रहेको छन् ।

घाईतेहरुको अहिले मन्त्र अस्पतालमा उपचार भईरहेको छ । घटनाको भविस्तृत विवरण आउन भने काँकी छ ।

ताजा समाचार

सम्बन्धित समाचार