मध्यवर्ती दोधाराका सचिव तथा ऐमालेका पुर्व वडा सदस्य धानुक काठ चोरीको आरोपमा पक्राउ

Published by:

Published on:

ऐश्वर्या कुवँर महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका १ का निवर्तमान वडा सदस्य तथा भवानी महिला मध्यवर्ती सामुदायिक बनका सचिव गोविन्द शिह धानुक अबैध काठ चोरीको आरोपमा पक्राउ परेका छन्।

शुक्लाफाटा राष्ट्रिय निकुञ्जको टोलिलाई प्राप्त भएको गोप्य सुचनाको आधारमा धानुकलाई बैशाख ४ गते बुधबार पक्राउ गरिएको शुक्लाफाटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत पुरुषोत्तक बाग्लेले बताए ।

बाग्लेका अनुसार सचिव तथा निवर्तमान वडा सदस्य धानुकको घर वर–पर खान तलासी गर्दा पुरानो टिनको छानामूनी लुकाई–छिपाई राखेको ३ गोलिया सिसौ तथा घर नजिकै अर्को ठाँउमा अबैध रुपमा लुकाई–छिपाई राखिएको ३ गोलिया थप गरी जम्मा ६ गोलिया अथवा (३२ क्युफिट) सिसौको काठ फेला परेको संरक्षण अधिकृत बाग्लेको भनाई रहेको छ ।

६ वटा सिसौका गोलिया अबैध रुपका लुकाईराखिएकोे अवस्थामा भेटिएपछि सचिव गोविन्द सिह धानुकलाई पक्राउ गरेको संरक्षण अधिकृत बाग्लले बताए । धानुकलेकले लुकाईराखिएको सिसौका केहि गोलिया गत बर्ष कटान भएका र केहि थप गोलिया अनुमति बेगर हालसालै अबैध कटान गरिएको शुक्लाफाटा राष्ट्रिय निकुञ्जका अनुसन्धान अधिकृत तथा (रेन्जर सुदिप अधिकारीले बताए ।

पक्राउ परेका सचिव धानुकले भने अबैध रुपमा राखिएको काठ कुनै अपरिचित व्याक्तिले मध्वर्तीबाट चोरी गरेर आफ्नो घर जनिकै रहेको पूरानो टिनको छानामूनि लुकाएर राखेको र केहि नजिकै रहेको घाटगध्धीमा मिसावट गरी राखेको बयान दिएका छन् ।

पक्राउ पछी ३ दिन थुनामा रहेका धानुकको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछी जिम्मा जवानिमा परिवारको जिम्मा लगाएको र थप कारवाहि र अनुसन्धान जारी रहेको अधिकृतको भनाई रहेको छ । तर स्रोतका अनुसार धानुक नेकपा ऐमालेका कार्यक्रता भएकोले राजनितिक पावर र शुक्लाफाटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत पुरुषोत्तक बाग्लेलको मिलेमतोमा धानुकको स्वास्थ्य अवस्था जटिलको बहाना देखाउदै निज धानुकलाई रिहा गरिएको स्रोतको दाबी छ ।

धानुक २०७४को स्थानिय निर्वाचनमा नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।बरामद गरिएको काठ आवश्यक कारवाहीको लागि शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा राखिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार