एजेन्सी । भारतको जम्मु(कश्मीरस्थित पाहलगाममा मङ्गलबार बन्दुकधारीको आक्रमणमा कम्तीमा २४ पर्यटकको मृत्यु भएको छ । प्रहरीले मृतक संख्या अझै बढ्न सक्ने जनाएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाको निन्दा गर्दै दोषीमाथि कडा कारबाही हुने बताएका छन् । स्थानीय टुर गाइड वाहिदका अनुसार, घाइतेहरूलाई घोडामा बोकेर अस्पताल पुर्याउनु परेको थियो ।
पाहलगाम श्रीनगरबाट ९० किलोमिटर टाढा अवस्थित लोकप्रिय पर्यटक गन्तव्य हो । हालसम्म कुनै समूहले आक्रमणको जिम्मा लिएको छैन ।
मुख्यमन्त्री उमर अब्दुल्लाहले यसलाई पछिल्ला वर्षहरूको सबैभन्दा ठूलो नागरिकमाथिको आक्रमण भनेका छन् । गृहमन्त्री अमित शाह घटनास्थलतर्फ प्रस्थान गरिसकेका छन् ।
विपक्षी नेता राहुल गान्धीले घटना ‘हृदयविदारक’ भएको भन्दै सरकारलाई उत्तरदायी बन्न माग गरेका छन् ।
