हतकडीसहित फरार भएकी महिला थुनुवा भारतबाट पक्राउ

Published by:

Published on:

कैलाली । मानव बेचबिखन मुद्दामा पक्राउ परेकी र हतकडीसहित फरार भएकी मिना शाही दमाईलाई भारतको पलियाबाट प्रहरीले पक्राउ गरेको छ।

कैलाली प्रहरी प्रमुख प्रहरी उपरीक्षक ९एसपी० पदमबहादुर विष्टले दमाईलाई भारतको पलिया क्षेत्रमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको पुष्टि गरेका छन्। ५० वर्षीया दमाई शनिबार जिल्ला सरकारी वकिलको कार्यालयमा म्याद थपको प्रक्रियाका क्रममा प्रहरीको नियन्त्रणबाट भागेकी थिइन्।

हतकडीसहित थुनुवा फरार भएको घटनापछि प्रहरीले तत्काल अनुसन्धान थालेको थियो। अनुसन्धानपछि दमाईलाई समात्न सफल भएको प्रहरीको भनाइ छ।

घटनामा जिम्मेवार ठहरिएका प्रहरी सहायक हवल्दार चक्र अधिकारी र प्रहरी जवान लोकराज जोशीलाई निलम्बन गरिएको एसपी विष्टले जानकारी दिए। दुबैलाई सेवाशाखामा स्पष्टिकरण सहित कारवाही प्रक्रिया अगाडि बढाइएको छ।

प्रहरीले अब दमाईलाई पुनः कैलाली ल्याएर थप अनुसन्धान अघि बढाउने तयारी गरिरहेको छ।

ताजा समाचार

सम्बन्धित समाचार