महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक एसपी चक्रराज जोशीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले सोमबार एक सूचना गर्दै उनीसँगै ६३ एसपीहरुको सरुवा गरेको हो ।
सवा सूची अनुसार कञ्चनपुरका एसपी जोशी जिल्ला प्रहरी परिसर ललितपुरको जिम्मेवारी दिइएको छ । कञ्चनपुर एसपीको जिम्मेवारीमा नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगर कञ्चनपुरमा कार्यरत खड्कबहादुर खत्रीले पाएका छन् ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी उमेश जोशीको यस अघि सरुवा भइ सकेको छ ।
