महेन्द्रनगर । सनराईज मिडिया सेन्टर आयोजना गरेकाे हाजिरी जवाफ प्रतियाेगितामा कंचनपुरको गड्डाचौकीमा रहेकाे श्री भुवनेस्वरी विद्या मन्दिर प्रथम भएको छ ।
नेपालकै ठुलो धनराशि(एक लाख )पुरस्कार रहेकाे हाजिरी जवाफ प्रतियोगिता सुदूरपश्चिमका विभिन्न स्थानीय तहमा रहेका माध्यमिक तहका ६६ वटा विद्यालय सहभागी रहेका थिए। सहभागी विद्यालयलाई पछि पार्दै जिल्लाको पश्चिमी सिमा गड्डाचौकीमा रहेकाे श्री भुवनेस्वरी विद्या मन्दिर प्रथम भएको हाे ।
द्वितीय: क्याम्ब्रिज इंग्लिश बोर्डिङ स्कूल लम्की चुवा नगरपालिका र दुर्गा लक्ष्मी नमूना मावि गोदावरी (संयुक्त )द्वितीय भएका हुन ।त्यस्तै तृतीय: पायोनियर एकेडेमी घोडाघडी सान्तवना: धनगढी उपमहानगरपालिका रहेकाे चैतन्य पाठशाला रहकाे छ।आयोजक मिडिया सेन्टरले सुदूरपश्चिमका प्रत्येक स्थानीय तहमा रहेका अब्बल तीन विद्यालय छनाैट गरेकाे थियाे ।
हाजिरी जवाफ प्रतियोगितामा भुवनेस्वरी विद्या मन्दिरमा अध्यनरत सन्दिप नाथ,काेशिश भट्ट,अनूज रावल सहभागी रहेका थिए ।शनिबार धनगढीमा सम्पन्न हाजिरी जवाफ प्रतियोगितामा श्री भुवनेस्वरी विद्या मन्दिर प्रमाणपत्र सहित एक लाख पुरस्कार हात पार्ने सफल भएको हो ।
