आमासङ्गै हिडिरहेका बालकलाई अटोले ठक्कर दिँदा गयो ज्यान

Published by:

Published on:

महेन्द्रनगर । डडेल्धुरामा सडकमा हिडिरहेका बालककलाई अटोले ठक्कर दिदाँ ज्यान गएको छ । बिहिवार जिल्लाको आलिताल ८ गोदाम नजिक तिन पाङग्रे अटोले ठक्कर दिदाँ बालकको ज्यान गएको हो । ठक्करबाट गम्भीर घाइते भएका ४ वर्षीय बालक विवेक विकको मृत्यु भएको हो । विबिहवार अपराह्न विकलाई आलिताल९८ नजिकै सडकमा हिँडिरहेको अवस्थामा अटोले ठक्कर दिएको थियो।

सडकमा हिँडिरहेका उनलाई डोटीको बुडरबाट जोगबुढा जाँदै गरेको भिनपा ००१ ह ०१२६ नम्बरको अटो आलिताल९८ गोदाम नजिक बालकलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक डम्बर बिष्टले बताए।

आलिताल गाउँपालिका९४ कैनघाडीका उनी गोदाम बजारबाट आमा ज्योती श्रेष्ठ विकसँगै पैदल हिँडिरहेको थिए। ठक्करपछि अटोले बालकलाई करिब १० मिटर परसम्म घिसारेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। घटनामा थप दुई जना घाइते भएका छन्।

घाइतेहरूको उपचारका लागि जोगबुढा अस्पताल लगिएको प्रहरीले जनाएको छ। अटो चालक भने अहिले फरार रहेका छन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

ताजा समाचार

सम्बन्धित समाचार