नवआगन्तुक विद्यार्थीहरुको लागि स्वागत कार्यक्रम सम्पन्न

Published by:

Published on:

महेन्द्रनगर । रेडियन्ट माद्यमिक विद्यालयले बुधबार एक कार्यक्रमको आयोजना गरी नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेको छ । शैक्षिक सत्र २०८२ का लागि कक्षा नर्सरी देखि कक्षा ९ सम्म नयाँ भर्ना भएका ९५ जना विद्यार्थीहरुलाई टिका र कापी वितरण गरी स्वागत गरिएको विद्यालयका प्रधानाध्यापक सूर्य बहादुर चन्दले बताउनुभयो । पछिल्लो समय रेडियन्ट माध्यमिक विद्यालय धेरै अभिभावक र विद्यार्थीहरुको रोजाईमा पर्न थालेको हुँदा विद्यार्थी सँख्या समेत बढ्दै गएको छ । विद्यालयको शैक्षिक स्तर राम्रो रहेको र अन्य संस्थागत विद्यालयहरु भन्दा शुल्क समेत कम रहेको हुँदा आफ्ना नानी बाबुहरुलाई रेडियन्ट माद्यमिक विद्यालयमै भर्ना गरेको भिमदत्त नगरपालिका १८ का अभिभावक कृष्णा भण्डारीले बताउनुभयो ।

स्वागत कार्यक्रममा बोल्दै विद्यालयका भाइस प्रिन्सिपल उषा बिष्टले सुदूरपश्चिमको अग्रणी शैक्षिक संस्था रेडियन्ट माध्यमिक विद्यालय प्रति विश्वास गरी आफ्ना नानीबाबुहरुलाई भर्ना गर्नुभएकोमा सम्पूर्ण अभिभावकहरुलाई धन्यवाद ज्ञापन गर्नुका साथै विद्यार्थीहरुको स्तर पहिचान गरी उनिहरुको सर्वाङ्गीण विकास र उज्जल भविष्य निर्माण गर्न विद्यालयको तर्फबाट कुनै पनि कमी नहुने बताउनुभएको थियो ।

त्यस्तै विद्यालयका प्रधानाध्यापक सूर्य बहादुर चन्दले नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्दै सम्पूर्ण विद्यार्थीहरुको सिकाइ उपलब्धी स्तरमा बृद्धी गरी गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय परीवार लागिपर्ने बताउनुभयो । कार्यक्रमको अवसरमा विद्यार्थीहरुले बिभिन्न नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममको सञ्चालन विद्यालय क्याप्टेन जानकी धामीले गर्नुभएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार