महेन्द्रनगर । कञ्चनपुरमा छिमेकीको मलामी जादै गरेका सशस्त्रका हवल्दारको दुर्घटनामा मृत्यु भएको छ ।
जिल्लाको भीमदत्त नगरपालिका ८ तिलाचौर बस्ने ४२ बर्षीय नकुल रानाको छिमेकी गुरुङ थरकी महिलाको मलामी जादै गर्दा दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहोराले बताए ।
बुधबार जिल्लाको ब्रहमदेव हाईवेमा मलामीकै लागि गईरहेको ट्याक्टरले अर्को ट्याक्टरमा बसेका रानालाई पछाडीबाट ठक्कर दिँदा रानाको घटना स्थलमै मृत्यु भएको भीमदत्त नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष मदन मिश्रको भनाई रहेको छ । मिश्रका अनुसार राना सशस्त्र प्रहरीका निबृत्त हवल्दार हुन । उनि निबृत्त भएको ६ महिना मात्र भएको थियो ।