महेन्द्रनगर । भीमदत्त नगरपालिका वडा नम्बर १६ ले १ सय ९४ जना गर्भवती महिलाहरुहरुलाई निशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका १६ बसन्तपुरमा रहेको भीमदत्त नगरपालिका अन्र्तरगत रहेको शहरी स्वास्थ्य केन्द्र बसन्तपुरले भीमदत्त १२,१३,१४,र स्वयम वडाका १ सय ९४ जना गर्भवती महिलाहरुलाई निशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको भीमदत्त नगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष केशब सिह बिष्टले बताएका छन् ।
अध्यक्ष बिष्टले आर्थीक वर्ष २०८१÷०८२ मा एम्बुलेन्स सेवाबाट पुर्ण रुपमा लाभाम्वित भएका १६ स्वयम र बाकी ३ वटा वडा अन्य ३४५ गरी जम्मा ५ सय ४४ जना बिरामीहरुलाइ एम्बुलेन्स सेवा प्रदान गरिएको बताए । ति मध्य निशुल्क रुपमा पुर्ण अपाङ्ग,दिर्घ रोगीहरुलाई जिल्ला भन्दा बाहिर चितवन,नेपालगञ्ज,धनगढी सम्मको स्वास्थ्य सेवा प्रभाव गरेको बताएका हुन ।
शहरी स्वास्थ्य केन्द्रले गर्भवती तथा सुत्केरीलाई सहयोग,जेष्ठ नागरिक तथा अपाङ्ग, व्याक्तिहरुलाई सेवा ,ुसबै सेवाग्राहिलाई सेवाको उपलब्धता दिदै आईरहेको छ । शहरी स्वास्थ्य केन्द्र बसन्तपुरले २ सय ४३ जना जेष्ठ नागरि,४५ जना गर्भवती १५ जना अपाङ्गहरुलाई निशुल्क स्वास्थ्य सेवा प्रदान गरेको शहरी स्वास्थ्य केन्द्र बसन्तपुरका स्वास्थ्य संस्था प्रमुख तोयाराज भट्टले बताए ।
भट्टका अनुसार आव २०८१÷०८२ को तथ्याङ्क अनुसार शहरी स्वास्थ्य केन्द्र बसन्तपुरको प्रसूती सेवा केन्द्रबाट वडा लगाएत पाएक पर्ने वडाहरुका ८१ महिलाहरुले सुरक्षित प्रसूती सेवाबाट लाभ लिएको भट्टले बताए।