तरकारी र फलफुल बालीमा रासायनिक बिसादिको असर कम गर्ने उपाय

Published by:

Published on:

पानीले धुने ः तरकारी र फलफूललाई भाँडोमा डुबाएर धुनु भन्दा धारा वा बग्दो पानीमा ब्रसले कुना काप्चामा समेत राम्ररी धोएपछि त्यसमा रहेको सम्पर्क विषादी, पाइराथ्राइड विषादी ७०५ कम हुने, ब्याकटेरिया र फोहोर समेत जाने गर्दछ । २५५ खाने नुन वा खाने सोडा सफा पानीमा मिसाएर १०–१५ मिनेट डुबाउने वा आधा कप भिनेगर २ कप पानीमा १०–१५ मिनेट डुबाउने वा कागती पानीमा तरकारीलाई धोएर प्रेसर कुकरमा पकाएर खाँदा विषादीको मात्रा करिब ८० प्रतिशत घट्दछ ।

बाहिरी पातहरु फाल्ने र बोक्रा ताछ्नेः बन्दा, लेटुस जस्ता तरकारीको बाहिरी पातहरु हटाई राम्ररी धुँदा वा संभव भएका तरकारी र फलफूलका बोक्रा ताछ्दा त्यसमा रहेको सम्पर्क विषादीहरुको मात्रा ४५–९९५ कम हुने, ब्याक्टेरिया र फोहोर समेत पखालिएर जान्छ ।

धेरै परिकारहरु खानेः धेरै प्रकारका तरकारी, फलफूल र खानेकुरा खानाले ती खानेकुरामा विषादीको अवशेष औषतमा कम हुन आउँछ ।

सुख्खा बनाउनेः ब्रसले सफागरी धोएपछि फलफूल र सलादको रुपमा काँचै खाने तरकारीलाई कुनै सफा कपडा वा कागजको टावलले सुख्खा हुने गरी पुछेर खानुहोस् जस्ले गर्दा व्याक्टेरियाको प्रकोप कम हुन्छ ।

पकाएर खानेः बोक्रा ताछ्ने र पकाउँदा अर्गानोफस्फेट विषादीहरुको मात्रा २०–२५५ कम हुने गर्दछ । ३० मिनेट उमाल्दा दैहिक विषादी ८०–९०५ कम हुने गर्दछ । तरकारीलाई सुख्खा हुने गरी वा बफाएर पकाउँदा विषादीको अवशेष कम भएको पाइएको छ ।

फ्रिजमा राख्नेः तरकारी र फलफूललाई फ्रिजमा १० डि।से।मा ३–४ दिन राख्दा विषादीहरुको मात्रा २४–९४५ कम हुने गर्दछ ।

निर्मलीकरणः दुध वा खानेकुरालाई निश्चित तापक्रममा निर्मलीकरणको लागि तताउँदा र चिसोमा राख्दा धेरैजसो विषादीको अवशेष कम हुने र व्याक्टेरियाको प्रकोप कम हुने गर्दछ ।

प्रशोधन गर्नेः दानादार खाद्यन्नको बोक्रा मीलबाट फाल्दा विषादीको अवशेष १७–२८५कम हुने गर्दछ भने पीठो बनाउँदा ६०५ कम हुने गर्दछ ।
जुस बनाउँदाः स्याउको जुस निकाल्दा बोक्रा फालिने र रसलाई फिल्टर गरिने कारणले फेनिट्रोथियन विषादी ९०५ कम हुने गर्दछ ।

चिया कफि बनाउँदाः चिया वा कफिको बिरुवामा छरेको विषादी प्रशोधन गर्दा सुख्खा हुने, घुम्ने र विभिन्न चरण पार भै कपमा बनेर आउँदासम्म विषादीको समुह अनुसार ४५(६४५ कम हुने गर्दछ । त्यस्तै कफी प्रशोधन भै विभिन्न चरण पार गरी कपमा बनेर आउँदासम्म डाइक्लोरभस विषादी ८२–८८५ कम हुने गर्दछ ।

अमिल्याउनेः फलफूलको रक्सी बनाउँदा अर्गानोफस्फेट विषादीको अवशेष ८३५ कम हुने गर्दछ भने बन्दाको किम्ची बनाउँदा ८६५ कम हुने गर्दछ।

शुक्ष्म जीवाणुको प्रकोप कम गर्नेः धेरै प्रकारका तरकारी र फलफुल माटोमा लगाउने र माटो, पानी, मलको सम्पर्कबाट साथै भण्डारण गर्दा वा खाद्य चक्रको कुनै पनि तहमा ती शुक्ष्म जीवाणुको प्रवेश हुन सक्ने भएकोले तिनको स्वभाव हेरी अक्सिजनको मात्रा घटाउने, पकाउने, अल्ट्रा भ्वाइलेट लाइट दिने वा अन्य उपाय अपनाउनु पर्दछ

ताजा समाचार

सम्बन्धित समाचार