अमेरिकामा गोली प्रहार गरी इसराइली दूतावासका दुई कर्मचारीको हत्या

Published by:

Published on:

काठमाडौ । अमेरिकामा इसराइली दूतावासका दुई कर्मचारीको हत्या भएको छ।

स्थानीय समयअनुसार बुधबार राति ९स्०५ बजे वाशिङ्टनको यहुदी संग्रहालय बाहिर गोली प्रहार गरी एक युवक र एक युवतीको हत्या भएको हो।

घटना भएको स्थाननजिक संघीय अनुसन्धान ब्युरो ९एफबिआई०को फिल्ड कार्यालय समेत रहेको छ। बुधबार गोली चल्दा संग्रहालयमा दूतावासमा अरू कर्मचारीहरू पनि थिए। गोली चलेको उक्त स्थान ह्वाइट हाउसबाट केबल २ किलोमिटरको दूरीमा रहेको रोयटर्सले जनाएको छ।

गोली प्रहार गरी हत्या भएका युवा(युवतीहरू विवाह गर्दै थिए। उनीहरू छिट्टै इन्गेजमेन्ट गर्ने तयारीमा रहेको पनि बताइएको छ। युवकले रिङसमेत किनिसकेका थिए भनेर रोयटर्सले आफ्नो समाचारमा लेखेको छ।

प्रहरीले गोली प्रहार गर्ने युवकलाई नियन्त्रणमा लिएको छ।

वाशिङ्टनका प्रहरी प्रमुख पमेला स्मिथले ती संदिग्ध व्यक्तिले युवा(युवतीसहित चार जनाको समूहमा गोली चलाएको बताइन्। गोली चलाउनुअघि उनी त्यही ठाउँमा डुलिरहेका थिए।

पक्राउ गरेपछि प्रारम्भिक अनुसन्धान गर्दा अन्दाजी ३० वर्षका ती युवक सिकागोका रहेको पुष्टि भएको छ। उनलाई पक्राउ गरेर लैजाँदै गर्दा ती युवकले प्यालेस्टिनीको पक्षमा नाराबाजी गरिरहेको भनेर रोयटर्सले लेखेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाप्रति दुःख व्यक्त गर्दै आरोपीलाई कडा सजाय हुने बताए। उनले घृणा र कट्टरपन्थीहरूका लागि अमेरिकामा ठाउँ नरहेको बताए।

घटनामा इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले दुःख व्यक्त गरेका छन्।

ताजा समाचार

सम्बन्धित समाचार