महेन्द्रनगर । सामाजिक विकास कार्यालय कञ्चनपुरले जिल्ला स्तरीय प्रतिभा पहिचान र्काक्रम सम्पन्न गरेको छ ।कार्यालयले एक दिवसीय प्रतिभा पहिचान कार्यक्रम शुक्रबार सम्पन्न गरेको हो ।
विज्ञान,गणित,भाषा साहित्य तथा संस्कृति,संगित तथा नृत्य र विशेष कला अन्र्तगतका पाँच वटा विधामा विद्यालय तहका विद्यार्थी हरुका लागि जिल्ला स्तरीय प्रतिभा पहिचान कार्यक्रम सम्पन्न भएको सामाजिक विकास कार्यालय कञ्चनपुरका प्रमूख गोपाल दत्त जोशीले बताएका छन् ।
नगरपालिका द्धारा छनोटमा परेका निजि तथा सामुदायीक विद्यालयमा अध्यनरत विद्यार्थी छात्र तथा छात्राहरुले प्रतिभा पहिचान कार्यक्रमका भाग लिएका थिए । प्रतिभा पहिचानका विभिन्न विधामा सहभागी विद्यार्थी हरुलाई सामाजिक विकास कार्यालयले नगद र प्रमाणपत्र सहित पुरुस्कृत गरेको हो ।
कुन विधामा कुन –कुन विद्यालय भए प्रथम र पुरुस्कृत
गणित विधामा लक्ष्मी मावि बागफाँटाका रोशन नाथ र पंकज जोशी प्रथम भएका थिए भने ईन्टरनेशनल स्कुलका अर्पीत विष्ट दृतिय भएका छन् भने विज्ञान विधामा उग्रतारा बाल विद्याल प्रथम,लक्ष्मी मावि बागफाटा दृतीय, ईन्टरनेशनल स्कुल तृतीय भएको छ ।
भाषा साहित्य तथा संस्कृतीमा ईन्टरनेशनल स्कुल प्रथम,लक्ष्मी मावि उल्टाखाम दृतीय ,महेन्द्र मावि साधारण तृतीय भएको छ ।संगित तथा नृत्य विधामा ईन्टरनेशनल स्कुल प्रथम,सुस्वती मावि पुर्नवास दृतीय,शान्ति मावि तृतीय,र जेसीस मावि सान्त्वना भएको छ । त्यतै विषेश कला विधामा जिवन रेखा विद्याल बेलौरी प्रथम,जिवन रेखा विद्यालय बेलौरी दृतीय,घटाल मावि बेदकोट तृतीय भएको थियो।

