महेन्द्रनगर । विद्यालय शिक्षा ऐन सम्बन्धि अन्तरक्रिया तथा छलफल गरिएको छ । एन–प्याब्सनका केन्द्रिय अध्यक्ष सुबास न्यौपानेको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ ।
एन प्याब्सन कञ्चनपुरका अध्यक्ष सत्येश बहादुर चन्दको अध्यक्षतामा कार्यक्रम गरियो । कार्यक्रममा विपास्ना आचार्य गुरु बिक्रान्त पाण्डेयले प्रशिक्षण दिए । कार्यक्रममा सहभागीहरुका लागि विपाश्ना कार्यक्रम समेत आयोजना गरिएको छ ।
कार्यक्रममा संसदमा विचाराधिन विद्यालय शिक्षा विधेयक र संस्थागत विद्यालय सम्बन्धिका पछिल्ला छलफल तथा विद्यार्थी, शिक्षक, प्रशासनिक कर्मचारीको स्वास्थ्यका लागि ध्यान तथा विपाश्नाको महत्व सम्बन्धि जानकारी गराएर दुई घण्टा अभ्यास समेत गरिएको छ ।
कार्यक्रममा एन प्याब्सन वरिष्ठ उपाध्यक्ष श्याम सिह मौनी लगायत केन्द्रीय सदस्य, जिल्ला पदाधिकारी सहभागी भएका छन् ।
एन प्याब्सन आवद्ध ६२ विद्यालयका सञ्चालक र प्रिन्सिपल सहभागी भए । एन प्याब्सन कञ्चनपुरका वरिष्ठ उपाध्यक्ष बलदेब भट्टले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सह सचिव सुरेन्द्र जोशीले गरेका थिए ।
