महेन्द्रनगर । पतञ्जलि योग समिति कञ्चनपुरले सात दिने निः शुल्क योग विज्ञान शिविर सुरु गरेको छ । भीमदत्तनगर नगरकार्यपालिकाको कार्यालय तथा कञ्चनपुर उद्योग बाणिज्य संघको सहयोगमा बाणिज्य संघ सभा कक्षमा शिविर सञ्चालन गरिएको छ ।
महिला पतञ्जलि योग समिति अध्यक्ष कमला पाण्डेयको अध्यक्षतामा र पतञ्जलि नेपालका केन्द्रिय सदस्य योग गुरु लबराज भट्टको प्रमुख आतिथ्यतमा एबम् पतञ्जलि योग समितिका अध्यक्ष दयाकृष्ण जोशीको विशिष्ट आतिथ्यतामा शिविर उद्घाटन गरिएको छ ।
दिन सम्म आयोजना हुने निःशुल्क योग विज्ञान शिविरमा मोटापा, मधुमेह, थाईराईट, कम्मर दुखेको, उच्च रक्तचाप, लागायतका विमारिहरुका लागि विशेष योग अभ्यास गराइने संगठन सचिव पवन पनेरुले बताए ।
भीमदत्तनगरपालिका क्षेत्रका विभिन्न व्यक्तिहरुको सहभागिता रहेको छ भने सात दिन सम्म संचालनहुने शिविरमा प्रशिक्षण विभाग प्रमुख केशब राज पन्त, उपाध्यक्ष धन सिंह बडाल, हरी रावल, कोषाध्यक्ष शमसेर बहादुर चन्द , भीमदत्त नगरपालिकामा उपलव्ध अन्य प्रशिक्षणहरुले प्रशिक्षण गर्ने कार्यक्रम रहेको कुरा मिडिया प्रभारी प्रेम सिंह ऐर बताए ।
भीमदत्तनगर नगरपालिका कार्यालय तथा कञ्चनपुर उद्योग बाणिज्य संघको सहयोगमा संचालन भईरहेको योग विज्ञान शिविरमा पंतञ्जलि योग समिति, महिला पंतञ्जलि योग समिति, युवा नेपाल समितिमा आवद्ध योग साधक सहभागी भएका छन् ।