महेन्द्रनगर । कञ्चनपुरमा एक जना मृत अवस्थामा फेला परेका छन् । जिल्लाको बेलौरी नगरपालिका १ बैशाखीका २९ वर्षिय गोपाल सुनार मंगलबार दिँउसो उखुबारीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी र्काालय कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहोराले बताएका छन् ।
मंगलबार उखुबारीमा मृत फेला परेका सुनारको घट्ना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतक सुनारको शव परीक्षणका लागि श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र बेलौरी पठाइएको प्रहरीले जनाएको छ।
