पुर्व पतिले गरे हेम्बर र चक्कु प्रहार गरि पुर्वपत्नी सहित तीन जनाको हत्या

Published by:

Published on:

काठमाडौं– बुटवलको होराइजन चोकस्थित मिलिजुली पथमा डिभोर्स गरी अर्कैसँग बिहे गरेकी पूर्वपत्नीसहित तीन जनाको सामूहिक हत्या प्रकरणमा सुजन कोइरालालाई प्रहरीले पक्राउ गरेको छ।

मिलिजुली पथमा ३४ वर्षीया दीपा बस्याल, उनका ४ र ७ वर्षका दुई छोरीहरूको हत्या भएको हो।

सम्बन्ध विच्छेदपछि अर्कैसँग विवाह गरेर गएकी दीपालाई उनका पूर्वपति कोइरालाले आफ्नै घरमा बोलाएर बुधबार बिहान ४ बजेतिर हत्या गरेको रुपन्देही प्रहरीले जनाएको छ।

उनीहरुलाई घरेलु हतियार हेम्बर र चक्कु प्रहार गरी हत्या गरेको पाइएको प्रहरीको भनाइ छ।

मृतक दीपाका पूर्वपति कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार हत्या गर्ने अभियुक्त आफ्नै दाजु मारेर जेल बसी केही वर्षअघि संविधान दिवसको दिन आम माफी पाएर छुटेका थिए।

ताजा समाचार

सम्बन्धित समाचार