अमेरिकामा एकै परिवारका चार जना नेपाली गोली लागेको अवस्थामा मृत भेटिए

Published by:

Published on:

काठमाडौं । अमेरिकाको भर्जिनियामा एकै परिवारका चार नेपालीलाई मृत अवस्थामा भेटिएको छ । उनीहरूलाई गोली लागेको अवस्थामा मृत भेटिएको हो ।

मृतकमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीय अन्जु श्रेष्ठ, २ वर्षीय बालक र ८ वर्षीय बालिका छन् ।

मनाससपार्क प्रहरीका अनुसार उनीहरू घटना भएको घरको तल्लो तलामा भाडामा बस्दै आएका थिए ।

स्थानीय समयअनुसार बिहीबार राति १०ः४० बजे घरधनीले प्रहरीलाई आफ्नो घरमा भाडामा बसेका व्यक्तिहरूको अवस्था बुझ्न अनुरोध गरेपछि पुगेको प्रहरी टोलीले उनीहरूलाई मृत भेटेको थियो ।

प्रारम्भिक अनुसन्धानमा सबैको मृत्यु गोली लागेर भएको देखिएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सवै शवहरू म्यानेससको मेडिकल एक्जामिनरको कार्यालयमा परीक्षणका लागि पठाइएको प्रहरी विभागले जनाएको छ ।

घटनास्थलमा हतियार पनि फेला परेको र अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।

ताजा समाचार

सम्बन्धित समाचार