नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Published by:

Published on:

काठमाडौँ । नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। मुद्दा अहिले रुजु प्रक्रियामा रहेकाले दर्ता हुन बाँकी रहेको अदालत स्रोतले जानकारी दिएको छ।

अख्तियारले दायर गरेको आरोपपत्रमा निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलसमेत प्रतिवादी रहेका छन्। भ्रष्टाचार र अकुत सम्पत्ति आर्जनको आरोपमा निलम्बनमा परेका पौडेलको स्थानमा सरकारले २०८१ सालको भदौ महिनामा पहाडीलाई प्रबन्ध निर्देशकको रूपमा नियुक्त गरेको थियो।

टेलिकमको बिलिङ प्रणाली लगायतका काममा अनियमितता र भ्रष्टाचार गरेको अभियोगमा पहाडीसहित १८ जनामाथि ३३ करोड ४८ लाख रुपैयाँ बिगो माग दाबी गर्दै मुद्दा दायर गरिएको हो।

ताजा समाचार

सम्बन्धित समाचार