प्रहरी सहायक चन्द कुट्ने राना पक्राउ

Published by:

Published on:

महेन्द्रनगर । कञ्चनपुरको बेलौरीमा नेपाल प्रहरीका असई वीरबहादुर चन्दमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ परेका छन् ।

प्रहरीका अनुसार प्रहरी चौकी पचुईका इन्चार्ज समेत रहेका असई चन्दमाथि कुटपिट गर्ने बेलौरी नगरपालिका–८ का राहुल रानालाई मंगलबार साँझ पक्राउ गरिएको हो ।

केही दिनअघि चेकजाँचका क्रममा रानाले असई चन्दलाई लछारपछार गर्दै कुटपिट गरेको भिडियो भाइरल भएको थियो ।

कुटपिटमा संलग्न अरु व्यक्तिको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार