खैरो हिरोईन सहित दुई युवक पक्राउ

Published by:

Published on:

महेन्द्रनगर । कंचनपुर सिमा क्षेत्रमा खैरो हिरोइनसहित दुई युवा पक्राउकञ्चनपुरको पुनर्वास बाट सशस्त्र प्रहरीले खैरो हिरोइन सहित दुई जनालाई पक्राउ गरेको छ ।

पुनर्वास–४ स्थित नेपाल–भारत सीमा क्षेत्र जमुनाघारी नजिकै बिओपी आँपतालबाट खटिएको शसस्त्र प्रहरीको टोलीले दुई जनालाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी हवल्दार लक्ष्मण दत्त जोशीको कमाण्डमा खटिएको दुई जनाको चेकप्वाइन्ट टोलीले भारतको मिलन बजारबाट नेपालतर्फ आउँदै गरेको सु।प।प्र। ०१–०१२ प १७२७ नम्बरको मोटरसाइकल लाई शंका लागी जाँच गर्ने क्रममा लागु औषध ९खैरो हिरोइन० बरामद गरीएको बिओपी आँपतालले जनाएको छ ।

मोटरसाइकल चालक कैलालीको धनगढी–३ बडहरा बस्ने २७ वर्षीय अम्मर चौधरी र मोटरसाइकलमा सवार धनगढी–३ ऐठपुर बस्ने २५ वर्षीय भिमजङ्ग कठरिया लाई शसस्त्र प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूका साथबाट कालो प्लास्टिक झोला भित्र प्याजको झिल्लीमा लुकाएको अवस्थामा ३ पोका १।२३० ग्राम खैरो हिरोइन जस्तो देखिने बस्तु फेलापारी पक्राउ गरीएको बिओपी आँपतालले जनाएको छ ।

उनिहरुके साथ बाट मोटरसाइकल सहित रेडमी १३ मोबाइल १ थान, ओप्पो मोबाइल १ थान, चाँदीको सिक्री ९अन्दाजि १।५ तोला० १ थान, र नगद ५ सय नेपाली रुपैया बरामद गरेको शसस्त्र प्रहरीले जनाएको छ ।

उनीहरूलाई प्रारम्भिक अनुसन्धान पश्चात आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीको जिम्मा लगाइएको शसस्त्र प्रहरी बल बिओपी आँपतालका ईन्चार्ज सशस्त्र प्रहरी निरीक्षक टिकाराम रावलले जानकारी दिनुभयो ।

दैनिक जसो सीमा क्षेत्र हुँदै लागु औषध ओसारपसारमा संलग्नको संख्या बढ्दै गइरहेकाले चेकजाँचलाई थप कडाइ गरिएको उहाँले बताउनुभयो ।

ताजा समाचार

सम्बन्धित समाचार