धनगढी । बैंकिङ कसुरमा कारावास रहेका एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ ।
सोमबार उपचारका क्रममा डडेलधुरा जिल्लाको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिशसिंह पालीको सेती प्रादेशिक अस्पताल, धनगढीमा निधन भएको प्रहरीले जनाएको छ ।
असार २ गते बिहान अचानक बिरामी परेका बैङ्किङ कसुरमा दोषी ठहर भई कैद सजाय भोगिरहेका उनलाई तत्कालै उपचारका लागि अस्पताल पु¥याइएको भए पनि ज्यान जोगाउन सकिएन ।
कैलालीका प्रहरीका अनुसार पालीलाई असार २ गते बिहान ११ बजे अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीको भनाई छ ।
मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।