महेन्द्रनगर । सुदूरपश्चिम नजिक रहेको भारतको उत्तराखण्डमा पर्ने काशीपुर सहरबाट बन्धमको अवस्थामा रहेका ३५ नेपालीको उद्दार गरिएको छ ।
भारतको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले शनिबार एक विज्ञप्ति जारी गर्दै ३५ जना नेपालीहरूको उद्धार गरिएको जनाएको छ ।
बन्धकहरुको विस्तृत विवरण भने विज्ञप्तिमा उल्लेख छैन ।
आकर्षक जागिरको प्रलोभनमा काशीपुर पु¥याई बन्धक बनाइएका ३५ नेपालीहरूको केआइन इन्डिया नामक संस्थाको सहयोगमा उद्धार गरिएको दुतावासले जनाएको छ ।
बन्धकहरुलाई कुटपिट र यातना दिँदै विभिन्न शीर्षकमा रकम समेत असुल गरेको आरोपमा केही व्यक्तिलाई उत्तराखण्ड प्रहरीले पक्राउ गरेको समेत दूतावासले जनाएको छ । साभार: मानसखन्नड
