स्वास्थ्य प्रवर्दनका लागि पैरवी कार्यक्रम सम्पन्न

Published by:

Published on:

महेन्द्रनगर । कञ्चनपुरमा स्वास्थ्य प्रवद्धनका लागि सञ्चारकर्मी र स्वास्थ्यकर्मी संग पैरवी कार्यक्रम सम्पन्न भएको छ ।नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरको समन्वयमा सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय राजपुर, डोटीको आयोजना जिल्लामा विभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरु संग उक्त कार्यक्रम संचालन गरीएको थियो ।

कार्यक्रममा महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपेरिन्टेन्डेन्ट डाक्टर अर्जुन भट्टले महाकाली अस्पतालले प्रदान गर्ने सेवा सुविधको विषयमा जानकारी प्रदान गर्नु भएको थियो ।

महाकाली अस्पतालले विगत ५ वर्षदेखी सर्पदंशमा उल्लेखनिय सफलता हात पारेको बताउनु भयो । विगत ५ वर्षदेखी एकजनाको पनि सर्पदंशका कारणले मृथ्त्यु नभएको र भारतको खटिमामा उपचार सम्भव नभएका विरामीलाई फर्काएर महाकाली अस्पतालले उपचार गरेर निको भएको बताउनु भयो ।

एकजना सर्पदंशका विरामीलाई ४५ दिनसम्म सघन उपचार केन्द्र आईसियुमा राखेर उपचार गरेर निको बनाएको पनि बताउनु भयो ।

साथै उहाँले अहिले महाकाली प्रादेशिक अस्पताल प्रती सेवाग्राहीहरुको विश्वास बढदै गईरहेको र अस्पतालले पनि सक्दो सेवाहरु प्रदान गरीरहेको बताउनु भयो ।

यसैगरी, सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय राजपुर, डोटीका भेक्टर कन्ट्रोलर अधिकृत हेमराज जोशीले स्वास्थ्यको अवस्था, ईतिहास, मार्त स्वास्थ्य, किशोरी गर्भवस्था, बाल स्वास्थ्य, सरुवा रोग, जनावरले टोक्ने विषयमा जानकारी दिनु भएको थियो ।

अहिले पनि सुदूरपश्चिममा घरमा गर्भवती गराउने संख्या शुन्यमा नझरेको बताउनु भयो । कतिपयले अहिले पनि आफनै घरमा गर्भवती गराउने नेपाल सरकारले ८ पटक चेकजाँच गर्ने नियमको पनि पालना नगरेको पाईएको बताउनु भयो ।

सरकारले निगमित चेकजाँच गर्ने, स्वास्थ्य संस्थामा सुत्केरी गराउनेलाई आर्थिक सहयोग गरेपनि कतिपयले घरमा गर्भवती गराउने गरेको बताउनु भयो ।

सुदूरपश्चिममा अहिले २७ प्रतिशतले घरमा बच्चा जन्माउने गरेको तथ्याङक प्रस्तुत गर्नु भयो । यसैगरी १५ वर्षदेखी १९ वर्षका १३ प्रतिशतले बालविवाह गरेको, ३९।९ प्रतिशत ले ८ पटक चेकजाँच नगरेको, ९४ प्रतिशतले देशैभरमा आईरन चक्की खाएको बताउनु भयो ।

ताजा समाचार

सम्बन्धित समाचार