वेदकोट ल्यायो ९८ करोड बढि बजेट,पिएचडि गर्नेलाई एक लाख प्रोत्साहन

Published by:

Published on:


महेन्द्रनगर ।
कञ्चनपुरको वेदकोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२र०८३ का लागि ९८ करोड ६५ लाख २१ हजार ९ सय ५६ रुपैयाँ बराबरको बजेट ल्याएको हो ।


मंगलबार नगर प्रमुख भोजराज बोहराको अध्यक्षतामा आयोजित १७ औँ नगर सभामा उपप्रमुख तुलसी जोशीले बजेट प्रस्तुत गरेका थिए । आर्थिक बर्ष २०८२÷८३मा नगरपालिकाले विभिन्न महत्त्वाकांक्षी योजनाहरू अघि सारेको छ। यसमध्ये विद्यावारिधि९पीएचडी० गर्ने स्थानीय बासिन्दालाई १ लाख रुपैयाँ नगद प्रोत्साहन दिने महत्त्वपूर्ण घोषणा गरिएको छ।

यो कार्यक्रमले उच्च शिक्षालाई प्रोत्साहन गर्ने नगरपालिकाको नीति झल्काउँछ। आगामी आर्थिक वर्षका लागि कुल ९८ करोड ६५ लाख २१ हजार ९ सय ५६ रुपैयाँको बजेटमध्ये चालु खर्चतर्फ ७४ करोड २६ लाख २१ हजार ९ सय ५६ रुपैयाँ र पुँजीगत खर्चतर्फ २४ करोड ३९ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

नगरपालिकाको आयका मुख्य स्रोतहरूमा संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानबापत १४ करोड ४६ लाख, राजस्व बाँडफाँडबाट १३ करोड ५ लाख १९ हजार ७७, सशर्त अनुदान चालु तर्फ २६ करोड ३ लाख र पुँजीगत तर्फ १ करोड ४७ लाख रुपैयाँ छन् । यसका साथै, संघीय विशेष अनुदानतर्फ ६९ लाख, संघीय समपूरक अनुदान १ करोड ७३ लाख, प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान १ करोड ३८ लाख २५ हजार, प्रदेश विशेष र समपूरक अनुदान १ करोड २२ लाख, सवारी साधन कर बाँडफाँड ६१ लाख २६ हजार र घरजग्गा रजिष्ट्रेसन दस्तुरबाट १ करोड रुपैयाँ आम्दानीको अनुमान गरिएको छ।

नगरपालिकाले आन्तरिक आयस्रोतबाट ४ करोड ५१ हजार ८ सय ७९ रुपैयाँ र चालु आर्थिक वर्षबाट खर्च नभई बाँकी रहने अनुमानित ८ करोड रुपैयाँ आय हुने अपेक्षा गरेको छ। सामाजिक सुरक्षा तथा संरक्षणतर्फ २२ करोड, सडक बोर्डबाट १ करोड र नगर अस्पताल १५ शय्याका लागि २ करोड रुपैयाँको आय अनुमान गरिएको छ।

वेदकोट नगरपालिकाले विगतका गौरवका योजनाहरूलाई निरन्तरता दिँदै नयाँ कार्यक्रमहरू पनि समावेश गरेको छ। प्रमुख कार्यक्रमहरूमा एक विद्यालय एक नर्स कार्यक्रम, आँखा उपचार केन्द्र स्थापना ९दैजीमा०, कोल्ड स्टोर सञ्चालन, अस्थायी करार ज्यालादारीमा कार्यरत कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने, नगर प्रहरीको व्यवस्थापन, आयुर्वेदिक स्वास्थ्य केन्द्रको स्थापना तथा सञ्चालन र दैनिक ज्यालादारीमा रहेका कर्मचारीहरूलाई मासिक ज्यालादारीमा रूपान्तरण जस्ता विषयहरू रहेका छन्।
नगरपालिकालाई पर्यटकमैत्री बनाउँदै समग्र समृद्धि हासिल गर्ने नगर प्रमुख बोहराले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

ताजा समाचार

सम्बन्धित समाचार