महेन्द्रनगर । महेन्द्रनगरको मदन चोकमा लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्टिय दिवस २०२५ समापन गरिएको छ । जिल्ला प्रसासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालको अध्यक्षतामा कार्यक्रम गरी दिवस समापन गरिएको छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी खडक बहादुर खत्रीले लागु औषध र दुव्र्यसनको अवस्थाबारे कार्यपत्र पेश गरेका थिए । स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख वरिष्ठ स्वास्थ्य प्रमुख ओम प्रकाश जोशीले स्वास्थ्यको अवस्थाका बारेमा जानकारी गराए ।
कार्यक्रममा गैसस महासघका केन्द्रिय उप महासचिव तथा नागरिक समाज कञ्चनपुरका संयोजक भवराज रेग्मी,शशस्त्री प्रहरी प्रहरी उपरिक्षक लोकेन्द्र देव भटट गैससका प्रतिनिधिहरु,खेलाडी तथा आम नागरिकको सहभागिता रहेको थियो । कार्यक्रममा डेउडा गायक लाल बहादुर धामीले प्रस्तुपत राखे ।
नागरिक समाजका सचिव प्रभुनिधि पन्तले कार्यक्रम सञ्चालन गरेका थिए । असार ६ गतेबाट शुरु भएको अभियानमा गैसस महासंघ,स्वीट नेपाल,निडस,संजिवनी नेपाल एनएनएसडब्लुए,द्धन्द्ध पिडित तथा एकल महिला बिकास केन्द्र,माईती नेपाल,शान्ति पुर्नस्थापना केन्द्र लगायत संस्थाहरुले विभिन्न सचेतनामुल कार्यक्रम गरेका छन् ।

