मन्त्र अस्पतालले एनएमबी बैँकका ग्राहकलाई विषेश छुटमा स्वास्थ्य सेवा दिने

Published by:

Published on:

महेन्द्रनगर । मन्त्र अस्पताल एण्ड रिसर्च सेन्टर कञ्चनपुर र एन एम बी बैँक लिमिटेड विच सम्झौता भएको छ । बैँकमा खाता भएका सदस्यहरुलाई मन्त्र अस्पतालले उपचारमा छुट दिने दुवै संस्था विच बिहिवार सम्झौता भएको हो ।

एन एम बी बैँक लिमिटेडका स्दूरपश्चिम एवम कर्णाली प्रदेश प्रमुख विरुराम जैशी र मन्त्र अस्पतालका अध्यक्ष कैलाश चन्द्र भट्टले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

अस्पतालमा भर्ना गर्नेदेखी विभिन्न स्वास्थ्य सेवामा बैँकमा खाता भएका सदस्यहरुलाई उनिहरुको उपचारमा ५ प्रतिशतदेखी २५ प्रतिशत सम्म छुटको व्यवस्था गर्नेगरी दुवै पक्षबिच सम्झौता भएको मन्त्र अस्पतालका अध्यक्ष भट्टले जानकारी दिनु भएको छ ।

मन्त्र अस्पतालका मेडिकल डाईरेक्टर डा। गोविन्द रोकायले बैँकमा सदस्य रहनु भएकाहरुलाइृ स्वास्थ्य उपचारमा विशेष छुटको व्यवस्था सहित अन्य सेवाहरु पनि प्रदान गर्ने गरी सम्झौता गरीएको बताउनु भयो ।

बैँकका प्रमुख जैशीले आफना सदस्यहरुले उपचार गर्न आउँदा आफुसंग भएका एटिएम कार्ड, चेक देखाएर आफनो स्वास्थ्य जाँच छुटमा गर्न सक्ने व्यवस्था गरिएको बताउनु भयो ।

साथै आफना बैँकका ग्राहकहरुले मन्त्र अस्पतालसंग छुटमा स्वास्थ्य उपचार पाउनका लागी आफुहरुले आज सम्झौता गरिएको र आफनो कर्मचारीहरु ग्राहकहरुले छुटमा स्वास्थ्य उपचार पाउने जानकारी दिनु भयो ।

मन्त्र अस्पतालले पछिल्लो समयमा सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न कार्यहरु गर्दै आएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार