उपाध्यक्ष रोकाया द्वारा पत्रकार कल्याण कोषमा आर्थिक सहयोग

Published by:

Published on:

महेन्द्रनगर । नेपाल पत्रकार महासंघ कंचनपुर शाखाका उपाध्यक्ष धर्मा रोकायाले पत्रकार कल्याण कोषको स्थापनार्थ आर्थिक सहयोग गर्नुभएको छ । आफनो जन्मदिनको अवसरमा नगद ६ हजार ६ सय ६६ रुपैया सहयोग गर्नु भएको हो ।

पवित्र भावनाका साथ महासङ्घले पत्रकारहरूको हितमा खर्च गर्ने गरि स्थापना गर्न लागेको पत्रकार कल्याण कोषको स्थापनार्थ आफुले सकेको सहयोग गरेको उहाँले बताउनु भयो ।
पत्रकारहरूले आफ्नो र परिवारको जीवन खासै प्रवाह नगरी हरेक समयमा जोखिममा परेर समाजका हरेक विषय उठान गर्दै आइरहेको समयमा थोरै भएपनि हामी सबै पत्रकारहरूलाई समस्या परेको बेला सहयोग होस भन्ने उद्देश्यले सहयोग गरेको उहाँको भनाई रहेको छ ।
आगामी दिनहरूमा अझै सहयोग गर्ने समेत उहाँले प्रतिबद्धता जनाउनु भयो । नेपाल पत्रकार महासङ्घ शाखा कञ्चनपुरका अध्यक्ष सुरेश सिंह धामीले पत्रकार महासङ्घले स्थापना गर्न लागेको पत्रकार कल्याण कोषको स्थापनार्थ नेपाल पत्रकार महासंघ कंचनपुर शाखाका उपाध्यक्ष धर्मा रोकायाले सक्दो सहयोग गरेको प्रति धन्यबाद व्यक्त गरे ।
अध्यक्ष धामीले अन्य व्यक्तिहरूले समेत पत्रकार कल्याण कोषमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेकोले सबै सहयोग हुने आशा व्यक्त गरेका छन ।
कञ्चनपुरमा सञ्चारकर्मी पत्रकारहरूलाई घटना, दुर्घट्ना, गम्भीर रोग को उपचार गर्नु पर्ने समयमा थोरै भएपनि पत्रकार कल्याण कोषको ब्याज रकम बाट आर्थिक सहयोग गर्ने मनसायले पत्रकार कल्याण कोष कञ्चनपुरको स्थापना हुन लागेको उनको भनाइ छ ।
पत्रकारहरू कुनै घटना दुर्घटनामा पर्दा वा बिरामी हुँदा आर्थिक समस्याको मारमा पर्ने गरेको र आर्थिक जोहो गर्न समस्या हुने भएकाले थोरै भएपनि पत्रकार कल्याण कोषको स्थापना गरि आर्थिक सहयोग गर्ने मनसायले महासङ्घ शाखा कञ्चनपुरले कल्याण कोषको स्थापना गर्न लागेको महासङ्घ शाखा अध्यक्ष धामीले बताएका छन ।

ताजा समाचार

सम्बन्धित समाचार