महेन्द्रनगर । कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको पूर्व पश्चिम राजमार्ग अन्तर्गत दैजी क्षेत्रमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको हो ।
शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० झलारी बस्ने ३२ वर्षीय ललित जोशीको शुक्रबार मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले बताएका छन् । प्रवक्ता बोहराका अनुसार मोटरसाइकल दुर्घटनाको कारण मोटरसाइकल अनियन्त्रित हो या ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार जोशीको ज्यान गएको होे भन्ने तथ्य थाहाँ पाउन कञ्चनपुर प्रहरीले अनुसन्धान गरिरहेको बताएका छन् ।
मृतक जोशीको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ । पछिल्लो समय कञ्चनपुरमा सवारी दुर्घटनाका घटना बढ्दै गएका छन् । ट्राफिक व्यवस्थापन, गति नियन्त्रण र सवारी साधनको चेकजाँचमा अझ कडाइ आवश्यक देखिएको आम नागरिकको धारणा छ ।