महेन्द्रनगर । कृषि ज्ञान केन्द्रको कार्यक्रममा सिँचाई प्रमुख र कृषि सामाग्री कम्पनीका प्रमुख लाई तु( बोलाउन समन्वय प्रमुख बोहराले कठाडो आदेश दिएका छन् ।कृृषि ज्ञान केन्द्र कञ्चनपुरले आयोजना गरेको कृषि तथ्याङ्कका लागि प्रमुख उप प्रमुख सहितको अन्र्तक्रिया कार्यक्रम तथा प्रगति समीक्षा कार्यक्रममा प्रमुख बोहराले ती दुबै कार्यालयका प्रमुख लाई बोलाउन सार्बजनिक रुपमै खरो शैलिमा ठाडो आदेश दिएका हुन ।
कार्यक्रममा सहभागीहरुले कृृषि, सिँचाई, रसायनियक मलखाद लगायतका विषयमा धारणा राखेपछि समन्वय प्रमुख बोहराले जिल्लाको मलखाद र सिँचाईको अवस्थाबारे जानकारी गराउन आग्रह गरे ।
उनको आग्रह अनुसार कार्यक्रममा जानकारी गराउने ती दुबै कार्यालयका प्रतिनिधि नभएपछि उनले कृषि ज्ञान केन्द्रका प्रमुख गोबिन्द सिजापतिलाई तत्काल फोन गरी उनीहरुलाई कार्यक्रममा सहभागी गराउनु निर्देशन दिए ।
‘यो कृषि सम्बन्त्रि यत्रो कार्यक्रम भई रहेको छ, कृषि र सिँचाईको कुरा आएका छन्, अनि सम्बन्धित कार्यालयका हाकिम नभएर हुन्छ, तपाईहरुले खबर गर्न भएको होइन, हो भने अहिले नै फोन गरी बोलाउनु होस’ उनले भने,‘जसरी पनि वहाँहरुलाई कार्यक्रममा बोलाउनु होस ।’
समन्वय प्रमुख बोहराको निर्देशनपछि ज्ञान केन्द्र प्रमुख सिजापति कार्यक्रम कक्ष बाहिर आएका थिए । उनले आफूले बाहिर गएर सहभागिताका लागि अनुरोध गर्ने बताए ।
सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बीर बहादुर थापाको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ ।
कार्यक्रममा ज्ञान केन्द्र प्रमुख सिजापतिले कार्यालयको वार्षिक प्रगति प्रस्तुत गरे । यसैगरी मन्त्रालयका निमित्त सचिव टिकेन्द्र कुश्मीले कृषि तथ्याङ्क संकलन सम्बन्धि जानकारी दिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति कञ्चनपुरका उप प्रमुख राम कुमारी राना, बेदकोट नगरपालिकाका मेयर भोजराज बोहरा, शुक्लाफाँटा नगरपालिकाका मेयर रण बहादुर महरा, दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बु, बेलौरीका मेयर पोतीलाल चौधरी, लालझाडी गाउँपालिका अध्यक्ष निर्मल राना, बेलडाँडी अध्यक्ष हरिशचन्द्र राना सहभागी भए ।
भीमदत्त नगरपालिकाका कार्य वाहक मेयर केशव सिह विष्ट, बेलडाँडी उपाध्यक्ष शान्ति नाथ, बेलौरीका उप मेयर जोगराम चौधरी, पुनर्वासका उप मेयर भुलिया राना, बेदकोटका उप मेयर तुलसी जोशी, शुक्लाफाँटाका उप मेयर कल्पना पन्त, लालझाडीका उपाध्यक्ष सपना राना लगायतका सहभागी भएका छन् ।