माओवादी नेता ऐरको गृहनगरका विद्यार्थीलाई उच्च शिक्षाको पहुँचमा पु¥याउने अभियान

Published by:

Published on:

महेन्द्रनगर । नेकपा माओवादी केन्द्रका युवा नेता नवराज ऐरले गृहनगरका जेहेन्दार विपन्न गरिबका विद्यार्थीलाई उच्च शिक्षाको पहुँचमा पु¥याउने अभियान निरन्तरता दिएका छन ।

शुक्लाफाँटा नगरपालिका १ बन्साहका स्थानीय समेत रहेका माओवादी नेता ऐरले गृहनगरका जेहेन्दार विपन्न गरिबका विद्यार्थीलाई उच्च शिक्षाको पहुँचमा पु¥याउने अभियान निरन्तरता दिएका हुन । चालु शैक्षिक सत्र ०८२ मा पनि ऐरले नगरका दुई विपन्न जेहेन्दार विद्यार्थीलाई राजधानी काठमाण्डौँमा सत प्रतिशत छात्रबृति दिलाएका छन ।

शुक्लाफाँटा नगर मेयरका प्रत्यासी समेत रहेका ऐरले शुक्लाफाँटा नपा १० झलारीकी समता चुनारा र सजन चुनारा दलित समुदायका विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि काठमाण्डौँको हिमालयन कलेजमा छात्रबृति दिलाएका हुन । सत प्रतिशत छात्रबृतिमा समतालाई कक्षा ११ व्यवस्थापन संकाय र ५० प्रतिशतमा सजनलाई कक्षा ११ विज्ञान संकायमा भर्ना गराईएको छ । पुर्व विद्यार्थी नेता समेत रहेका ऐरले गत विगतका बर्षहरुदेखि शुक्लाफाँटा नगरका जेहेन्दार, विपन्न दलित, आदिवासी जनवजाती,द्वन्द्वपीडित लगायतका विद्यार्थीको उच्च शिक्षाका लागि छात्रबृत्ति दिलाउने काममा निरन्तर खटिएका छन । शैक्षिक सत्र ०८१मा एसईई उर्तिण गरेका विद्यार्थीका लागि छात्रबृति अभियान संचालन गरेको ऐरले बताए ।

आवश्यकता अनुरुप पुर्णदेखि आफ छात्रबृति दिलाईने उनले बताए । यसरी आफ्नो गृहनगरका विद्यार्थीको उच्च शिक्षाका लागि निरन्तर भूमिका निर्वाह गरेपछि विद्यार्थी, अभिभावक, स्थानीयले ऐरको समाजिक कार्यकोे प्रसंसा गरेका छन ।

ताजा समाचार

सम्बन्धित समाचार