औद्योगिक तथा लगानी प्रवद्र्धन बोर्डका नव नियुक्त सदस्य चन्दलाई सम्मान

Published by:

Published on:

महेन्द्रनगर । कञ्चनपुर उद्योग बाणिज्य संघले औद्योगिक तथा लगानी प्रवद्र्धन बोर्डका नव नियुक्त सदस्य उद्यमी व्यवसायी तेज बहादुर चन्दलाई सम्मान गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको समितिमा केही दिन अघि नियुक्त चन्द बाणिज्य संघका कार्य समिति सदस्य हुन् ।

संघमा कार्यक्रम गरी चन्दलाई बधाई तथा सम्मान गरिएको संघका कार्यकारी अधिकृत हेमराज भट्टले जानकारी दिए ।
संघका अध्यक्ष पिताम्बर जोशीको अध्यक्षतामा कार्यक्रम गरिएको छ । कार्यक्रममा संघका केन्द्रीय सदस्य जङ्ग बहादुर मल्ल लगायत सहभागी भएका छन्।

ताजा समाचार

सम्बन्धित समाचार