धनगढी । डिभिजन वन कार्यालय धनगढीमा कार्यरत सहायक वन अधिकृत पूर्ण शंकर यादवलाई ७ लाख ३१ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगर कार्यालयबाट खटिएको टोलीले यादवलाई डिभिजन वन कार्यालय धनगढीबाटै नियन्त्रणमा लिएको हो।
आयोगका अनुसार यादवले सेवाग्राहीसँग काम सहज बनाउन सहयोग गर्ने नाममा घुस मागेका थिए। पक्राउ परेका यादवको साथबाट नगद सात लाख ३१ हजार रुपैयाँ बरामद गरिएको छ। अख्तियारले यादवमाथि थप अनुसन्धान सुरु गरिएको जनाएको छ। यादवलाई अख्तियारको टोलीले धनगढीस्थित डिभिजन वन कार्यालयबाटै पक्राउ गरिएको जनाएको छ ।