महेन्द्रनगर । समाजसेवी डा कृष्णदत्त जोशी बोक्सर भारतमा सम्मानित भएका छन् । प्रवास नेपाली कल्याणकारी चेरिटेवल ट्रष्ट कर्नाटक भारतको प्रथम वार्षिक उत्सवमा जोशीलाई सम्मान गरिएको छ ।
दलीय आवद्धता छाडेर स्वतन्त्र भएका जोशी कटानस्थित महेन्द्रनगर माध्यमिक विद्यालय व्यवस्थापन समिति सदस्य छन
२०७९ को स्थानीय तह निर्वाचनमा थोरै मतले भीमदत्त नगरपालिकाको उप मेयर पराजित विभिन्न सामाजिक संघ संस्थामा आवद्ध छन् । उनी महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिको पूर्व अध्यक्ष हुन् ।

भारतमा जोशीलाई प्रवास नेपाली कल्याणकारी चेरिटेवल ट्रष्ट कर्नाटक सहित जनउत्थान नेपाल प्रवासी संस्था भारत, मेची महाकाली एसोसिएसन संस्था भारत नयाँ दिल्ली, हिमालय युवा संघ बैंगलुरु दक्षिण भारत लगायतले सम्मान गरेको छ ।
नेपालीहरुका यी संस्थाले भारतमा आपशी भेटघाट, साँस्कृतिक जगेर्ना लगायतका विभिन्न विषयमा प्रवासीसँग अभियान सञ्चालन गर्दै आएका छन् ।
