कंचनपुर मोटरसाइकल दुर्घटनास् एकको मृत्यु, अर्का गम्भीर घाइते
महेन्द्रनगर ।दोधारा चाँदनी नगरपालिका वडा नं। ७ का २८ वर्षीय सत्यम ठाकुर र वडा नं। ६ का ३० वर्षीय तारा थापा सवार मोटरसाइकल कञ्चनभोज पुल नजिकै अनियन्त्रित भई पार्कको तारबारको पोलमा ठोक्किँदा दुर्घटना भएको छ।
इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका अनुसार तीव्र गतिमा रहेको भारतीय नम्बर प्लेट ९ग्प्ण्घ ब्ज्ञद्धटद्द० भएको मोटरसाइकल अचानक अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा बाइक चालक सत्यम ठाकुरको बायाँ आँखामा गम्भीर चोट लागेको छ भने पछाडि सवार तारा थापाको टाउको र मुखमा गम्भीर चोट लागेको थियो।
गम्भीर अवस्थामा रहेका सत्यम ठाकुरलाई थप उपचारका लागि भारतको खटिमा रिफर गरिएको छ। भने, तारा थापाको दोधारा चाँदनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दोधारा चादनिले जनाएको छ।