कञ्चनपुरमा मगरगोहिले खायो बाख्रो ,सचेत रहन आग्रह

Published by:

Published on:


महेन्द्रनगर । कञ्चनपुरमा मगरगोहिले बाख्रो खाएको छ। जिल्लाको भीमदत्त नगरपालिका १२ भाईरल रोड हरिहर घाटमा चर्दै गरेको बाख्रो मगरगोहिले खाएको भीमदत्त नगरपालिका वडा न ११ का वडा अध्यक्ष प्रकाश थापाले बताएका छन् ।

मंगलबार साझ भीमदत्त १२ निवासी जिते चदाराको चर्दै गरेको बाख्रो मगर गोहिले खाएको जिते चदाराले बताए ।वडा अध्यक्ष थापाले फेसबुकमा स्टाटस लेख्दै वडा बासीहरुलाई सचेत रहन यस्तो लेखेका छन् ।

‘भिनपा १२ हरिहर घाट मा रहेको तलाउ मा आज वडा न १२ निवाशि जिते चदारा को बाख्रो चराउने क्रममा तलाउ बाहिर आयेर मगरगोहि ले बाख्रो खायेको छ भन्ने कुरा प्रहरि बाट जानकारि आयेको छ, । ‘साथै भुजेला खोलाको विभिन्न स्थान हरुमा नि गोहि देखा परेको छन आज मात्र भिमद्त्त ज्ञज्ञ जितेन्द्र चन्द को घर नजिक खोला किनार गोहि देखियेको छ सावधान रहौ भुजेला खोला , महाकालि नदि या हरिहर घाट को तालमा पौडि खेल्ने या माछा मार्ने कार्य नगरौ । खोला नदि किनार बाशि सचेत बनौ ।
जनहित मा जारी सन्देश (जितेन्द्र चन्द घर नजिक

ताजा समाचार

सम्बन्धित समाचार