जन्मदिनको अवसरमा महिला तथा वृद्ध सेवा केन्द्रलाई खाद्यान्न सहयोग
महेन्द्रनगर । कैलालीको धनगढी स्थित कमल रेस्टुरेन्ट एण्ड बारका संचालक कमल राना र कमला राना दम्पतीले छोराको जन्मदिनको अवसरमा महिला तथा वृद्ध सेवा केन्द्रलाई खाद्यान्न सहयोग गरेका छन् । राना दम्पतीले छोरा अभिषेक रानाको २० औं जन्मदिनको अवसरमा खाद्यान्न सहयोग गरेका हुन् ।
भीमदत्त नगरपालिका(५ स्थित बनखेतमा रहेको महिला तथा वृद्ध सेवा केन्द्रलाई राना दम्पतीले छोराको जन्मदिनको अवसरमा चामल, दाल, फलफुल, लगायत खाद्यान्न सहयोग गरेको अनेरास्ववियु कन्चनपुर जिल्ला सह(संयोजक बासुदेव भट्टले बताए ।
साथै सह(संयोजक भट्टले परिवार गायत्री भट्टको पनि शुक्रबार परेको जन्मदिनको अवसरमा महिला तथा वृद्ध सेवा केन्द्रलाई खाद्यान्न लगायतका सामाग्री सहयोग गरिएको बताए ।
उनले भने,ुुश्रीमती गायत्रीले आश्रममा जन्मदिन मनाउन पाउँदा खुशी व्यक्त गरिन।ुु
उक्त कार्यक्रममा दगचनभच जयगकभ का सन्चालक हेमराज भट्ट, दिपेश राना समाजसेवि अङ्कित जोशिको समेत सहभागीता रहेको थियो ।
