भारतीय एसएसबीको ठुलो सफलता,नेपाल –भारत सिमानाकाबाट ७८ लाख नेपाली रुपैया सहित एक जना पक्राउ

Published by:

Published on:

ऐश्वर्या कुवँर । महेन्द्रनगर कञ्चनपुरको पश्चिमी नेपाल भारत सिमानाकाबाट ७८ लाख नेपाली रुपैया सहित एससइसबीले एक जनालाई पक्राउ गरेको छ ।

आईतबार ५७ वाहिनी सशस्त्र सिमा बल बनबसा चौकीद्धारा अतराष्ट्रीय सिमानामा कडा सुरक्षाका साथ चेकजाचको क्रममा ठुलो मात्रामा ७८ लाख नेपाली सहित एक जना भारतीय नागरिकलाई पक्राउ गरिएको हो । ५७ वि का निमित्त वाहिनी कमान्डर दिपक सिंह जयाडाको निर्देशनमा सिमा नाकामा सुरक्षा व्यावस्था निकै कडा पारिएको छ । सिमानाकामा हुने अपराधिक क्रियाकलाप नियन्त्रण र कारवाहीका का लागि सिमानाकामा निकै कडा पारिएको छ ।

विशेष सूचनाको आधारमा सिमा चौकी बनबसाको टिमलेअन्तराष्ट्रीयचेकपोष्ट मा चेकजाचकोक्रममा भारत बाट नेपाल जादै गरेको एक जनालाई संकाको आधारमा उनले चलाएको मारुति अर्टिगा ग्पयघत्ब्द्दण्द्दज्ञ खान तलास गरेको थियो ।मारुति खानतालासको क्रममा ७८ लाख नेपाली रुपैया बरामद गरेको थियो ।७८ लाख नेपाली संगै भारतीय एसएसबीले चम्पावत जिल्ला बनबसा मिना बवार बस्ने रजा अन्सारीका छोरा वर्ष ३२ का सलमान अन्सारीलाई नियन्त्रणमा लिएको हो ।


एसएसबीले सोधपुछ गर्दा सलमान अन्सारीले नेपाली ७८ लाख रुपैया कुनै व्याक्तिलाई दिन गईरहेको र कसलाई दिने र कुन प्रयाृजनको लागि,कहाँ बाट ल्याएको भन्ने अनसुन्धानमा नखुले पछि एसएसबीले सो ७८ लाख नेपाली रुपैया जफत गरेको बताइएको छ ।एसएसबीले घटनाको थप अनुसन्धानको लागि कस्टम विभाग बनबसा पठाएको छ ।

बनबसाका सहायक कमाडेट दिनेश यादवले यो घटना केवल सिमावर्ती क्षेत्रमा हुने अपराधिक गतिविधिको गम्भीरता मात्र जनाउदैन,बरु सिमापारर निरन्तर रुपमा उच्च स्तरको पेशेवर दक्षता र राष्ट्रप्रतिको समर्पणको प्रमाण पनि हो ।यस अभियामा निरीक्षक लाचन्द,सहायक उपनिरीक्षक जयपाल,मुख्य आरक्षी सालिन तथा आरक्षी सोलंकीको भूमिका अत्यन्त प्रशंसनीय रह्यो ।

उनिहरुले आफ्नो कर्तव्य अत्यन्त सतर्कता र निष्ठाका साथ पुरा गर्दै सिमामा चलिरहेको अपराधिक गतिविधिलाई नियन्त्रण गर्ने तथा सिमा सुरक्षामा महत्वपुर्ण योगदान पुर्या्एका छन् र जहाँ एकातर्फ एसएसबीका जवानहरुले नागरिक प्रति सोहार्द र भाईचाराको भावना सहित व्यावहार गरिरहेका छन् भने हर्को तवर्m उनिहरुले दुश्मन र अपराधिहरुको प्रति अत्यन्त कडाइका साथ शुन्य सहनशीलताको निति दृढतमपुर्वक कार्यान्वयन गरिरहेका छन् । ५७ वि सशस्त्र सिमाबल द्धारा भविष्यमा पनि यस्तै किसमिका कारबाहीहरुलाई अझ प्रभावकारी तरिकाले अगाडि बढाईने छ,जसले नेपाल–भारत सिमा क्षेत्रलाई सुरक्षित,पारदर्शी र अपराधमुक्क्त बनाउन मदत गर्छ

ताजा समाचार

सम्बन्धित समाचार