महेन्द्रनगर । कञ्चनपुरमा वडा अध्यक्ष तथा नगर प्रवक्ताका छोरा मृत फेला परेका छन् ।
जिल्लाको भीमदत्त नगरपालिका वडा न ६ बालजागृती क्याम्पस नजिकै बेदकोट नगरपालिका ५ का वडा अध्यक्ष तथा बेदकोट नगर पालिकाका नगर प्रवक्ताका चित्र देव भट्टका छोरा सुवास चन्द्र भट्ट मृत फेला परेका हुन ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले मंगलबार साझ २१ वर्षीय भट्ट आफ्नै घरभित्र मृत फेला परेको बताए।
प्रहरीका अनुसार अध्यक्ष भट्टका छोरा सुवास भट्ट आफ्नो बजै संग भीमदत्त नगरपालिका ६ को घरमा बस्दै आईरहेका थिए ।
कञ्चनपुर प्रहरीले घटनाको मुचुल्ला पुरा गरि मृत्युको कारण पत्ता लगाउन अनुसन्धा थालेको छ । मृतक सुवासको शव परिक्षणको लागि महाकाली प्रादेशिक अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ । सुवास सुदुरपिश्चम विश्वविद्यालयमा अध्यनरत विद्यार्थी हुन ।