बेलौरीका मेयर चौधरीको सपना, जनतालाई जमिनको मालिक बनाउने

Published by:

Published on:

केशव थापा

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकामा ऐलानी जमिन नापजाँच गरिएको छ । बेलौरी नगरपालिका दुई वडामा एकसाथ ऐलानी जमिन नापजाँच शुरु गरिएको हो ।

बेलौरी नगरका मेयर पोतिलाल चौधरीले मंगलबारदेखि ३ र ५ नम्बर वडाको ऐलानी जमिन नापजाँच शुरु गरिएको बताए । मेयर चौधरीले बषौँदेखि जमिनको स्वामित्व नभएका किसानलाई लालपुर्जा दिलाईने बताए ।

‘जनतालाई जमिनको मालिक बनाउने काम शुरु भएको छ, ‘उनले भने, ‘अहिले दुई वडाबाट शुरुवात गरिएको नापजाँच बाँकी वडाहरुमा समेत क्रमिक रुपमा गछौँ ।’

भुमि समस्या समाधान आयोग कञ्चनपुरका सदस्य दिल बहादुर देउवाले आयोग मार्फत बेलौरीका दुई वडाहरुमा शुरुवात गरिएको नापजाँच अन्य पालिकाहरुमा समेत भईरहेको बताए । सदस्य देउवाले छुटफुटलाई समेत समावेस गरिने बताए ।

बेलौरी नगरका उपमेयर जोगराज चौधरीले नापजाँच शुरुवात गरिएसंगै जनतामा जमिनको मालिक बनाउने आशा पलाएको बताए । भुमि समस्या समाधान आयोग कञ्चनपुरका सदस्य सचिव दिवैराज भट्टले लालपुर्जाको कामकाज निरन्तर अघि बढने बढाउनुपर्ने बताए ।

भुमि समस्या समाधान आयोग कञ्चनपुरका अध्यक्ष नेत्र प्रकास पन्तले जिल्लाभरी नापजाँच शुरुवात गरिएको बताए । अध्यक्ष पन्तले यस अघि केही वडा, पालिकाहरुमा लालपुर्जा वितरण गरिएको बताए ।

बेलौरीमा साढे पाँच हजार भन्दा बढि ५ हजार ५ सय ३१ किसानले फारम भरेका थिए । बेलौरीमा नापजाँच शुरु भएपछि भुमिहिन, सुकुमबासी र अव्यवस्थित बसोबासी उत्साहित भएका छन ।

ताजा समाचार

सम्बन्धित समाचार