बम आयोगको प्रतिवेदन कार्यान्वयन माग राख्दै आरक्षपीडितको ज्ञापन पत्रदेखि अनसन

Published by:

Published on:

कञ्चनपुर । कञ्चनपु्रका आरक्षपीडित फेरी आन्दोलित भएका छन । सरकारले पटक पटक धोका दिएको भन्दै फेरी आन्दोलित भएका हुन । बुधबार प्रशासन मार्फत ज्ञापन पत्र बुझाएका आरक्षपीडितले बिहीबारदेखि आमरण अनसन बस्ने भएका छन ।

आरक्षपीडित संघर्ष समितिका अध्यक्ष जय बहादुर रोकायाले केही समय अघि काठमाण्डौँमा अनशन बसेको र उतिबेला मन्त्रीमन्त्री ऐन बहादुर शाहीले केहीसमय पछि पीडितको समस्या समाधान गर्ने आश्वासन दिएपनि समस्या समाधान तर्फ सरकार नलागेको भन्दै ज्ञापन पत्र बुझाएर बिहीबारदेखि आमरण अनसनमा बस्ने घोषणा गरेका छन ।

उनले तत्तकालिन शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा विस्थापित हजारौँ जनताको हालसम्म पुर्नस्थापना नभएपछि उनीहरुको मानव अधिकार हनन भएको बताउँदै मदन चोकमा आमरण अनसन बस्ने घोषणा गरेका छन ।

०५८ सालदेखि आरक्षपीडितको पुर्नस्थापना नहुँदा कष्टकर जिवन विताउन बाध्य भएका छन । सु्रेन्द्र बम नेतृत्वको आयोगले पीडित परिवारको न्यायोचित पुर्नस्थापनाका लागि प्रति परिवार कम्तिमा १०कट्टा जमिन वा ६०लाख क्षतिपूर्ति दिने निर्णय सरकारले तल्याउदै गएपछि पीडित झन चिन्तामा छन ।

एमाले युवा नेता समेत रहेका बमले कुकाठ झाडी जंग काटेरै भएपनि नागरिकको पर्नुस्थापनका लागि ल्याएको जनमुखी एजेण्डामा सरकारले वास्ता नगरेको पीडितको गुनासो छ ।

ताजा समाचार

सम्बन्धित समाचार