विकास महता
कञ्चनपुर । कञ्चनपुरको एक सामुदायिक वनले वनमाथिको भार घटाउनका लागि उपभोक्ताहरुलाई विद्युतीय चुलो वितरण गरेको छ । कृष्णपुर नगरपालिका ५ गुलरियाको हरियाली सामुदायिक वनले वनमाथि दाउरा(ईन्धन)को भार घटाउनका लागि उपभोक्ताहरुलाई विद्युतीय चुलो वितरण गरेको हो ।
हरियाली सामुदायिक वनका सहसचिव केशव दत्त विष्टले आइतबारदेखि उपभोक्ताहरुलाई विद्यतुीय चुलोसेट वितरण शुरु गरिएको बताए । सहसचिव विष्टले ५० प्रतिशत अनुदानमा विद्युतीय चुलो वितरण गरिएको बताए । उनका अनुसार विद्युतीय चुलो सहित खाना पकाउने प्रेसर कुकर, कडाई वितरण गरिएको छ ।
हरियाली सामुदायिक वनका कोषाध्यक्ष दिपेन्द्र बहादुर सिहले उपभोक्ताहरुबाट निवेदन माग अनुरुप वितरण गरिएको बताए । उनका अनसार प्रत्येक सेटमा ३ लिटरको कुकर, २६ इन्चको कडाई र १ थान विद्युतीय चुलो समावेश थियो। यस अभियानबाट २५० घरधुरी प्रत्यक्ष लाभान्वित भई, उनीहरूको दैनिक जीवनमा स्वच्छ, सुरक्षित र वातावरणमैत्री ऊर्जा प्रयोगको सुरुवात भएको छ।
कोषाध्यक्ष सिहले उक्त कार्यक्रम सफल भएसंगै थप कार्यक्रम संचालनमा जोडदिए । डिभिजन वन कार्यालय कञ्चनपुरका राम बिक्रम ठाकुरले विद्युतीय चुलो वितरणबाट उपभोक्ता वनमाथि दाउराकोे भार घटाई सरक्षणमा टेवा पुग्ने बताए । कृष्णपुर–५ का वडाध्यक्ष टेक पाण्डेले सामुदायिक वनको काम सरानिय भएको बताए ।
उपभोक्ता हरि प्रशाद जोशीले सस्तोमा महङगो विद्युतीय चुलो पाईएको बताए । ‘आजभोली विगतको जस्तो सहजै दाउरा पनि पाईदैनन, ‘उनले भने, ‘यही विद्युतीय चुलोको प्रयोगले खाना पकाउन सामुदायिक वनबाट अनुदानमा चुलो पाएका छौँ ।’ अर्का उपभोक्रा बसन्ती सिहले दाउरा, ग्याँसको विकल्पमा विद्युतीय चुलो पाएसंगै वनमाथि दाउरा र बजारमा ग्याँसको अभाव हुँदा विद्युतीय चुलो प्रभावकारी हुने बताए ।