विपिनलाई खोज्न इजरायल पुगे आमा र बहिनी

Published by:

Published on:

काठमाडौं – हमासले बन्धक बनाएका कञ्चनपुरका विपिन जोशीको रिहाइको माग गर्दै उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा इजरायल पुगेका छन् । सोमबार राति उनीहरु इजरायल पुगेका हुन् ।

उनीहरुलाई स्वागत गर्न नेपालका लागि इजरायलका पूर्व राजदूत हेनान गोडार, नेपाली राजदूत धनप्रसाद पण्डित र विपिनका साथीहरु विमानस्थल पुगेका थिए ।

यसअघि पूर्व राजदूत गोडार नेपालमा हुँदा विपिनको परिवारलाई भेट्न कञ्चनपुर पुगेका थिए । त्यसबेला उनले विपिनको सकुशल उद्धारका लागि पहल गर्ने आश्वसन दिएका थिए ।

आमा पद्मा र बहिनी पुष्पा नेपालस्थित इजरायली दूतावासको पहलमा सोमबार बिहान ९ बजेको फ्लाइ दुबईको उडानमार्फत् इजरायल प्रस्थान गरेका थिए।

इजरायलको किबुजबाट सन् २०२३ अक्टोबर ७ मा हमासले अपहरण गरेका विपिनको रिहाइका लागि अन्तर्राष्ट्रियस्तरमा दबाब बढाउन आमा पद्मा र बहिनी पुष्पा इजरायल गएका हुन् ।इजरायलले विपिनकी आमा र बहिनीलाई संयुक्त राष्ट्रसंघसम्म पुर्‍याउने तयारीसमेत गरेको छ ।

‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुगेका विपिन दक्षिणी इजरायलको किबुजबाट अपहरणमा परेका थिए । फोटो स्रोत ः पत्रकार केशब साउद काठमाडौ

ताजा समाचार

सम्बन्धित समाचार