सरकारी गाडिमा दारु बोक्ने,सासु ससुरा बोक्ने, कामको लागि मलाई पुगाईदिन आग्रह गर्दा अटेरी गर्ने ः उपाध्यक्ष शान्ति नाथ

Published by:

Published on:

महेन्द्रनगर । बेलडाँडी गाउपालिकाकी उपाध्यक्ष शान्ति नाथले पालिकाको कामको बेलौरी पुर्‍याइदिन आग्रह गर्दा चालकले नमानेपछि उनले आक्रोशित हुँदै चाबी कब्जामा लिएर बताएकी छन् ।


गाउँपालिकाको गाडी पालिकाकै कामका लागि आफूलाई नदिएको र दुरुपयोग भएको भन्दै गाउँपालिका उपाध्यक्ष शान्ती नाथले गाडीको चाबी नियन्त्रणमा लिएर कब्जा गरेकी छन् ।

शिक्षा सम्बन्धी बैठकमा सोमबार आफूलाई बेलौरी पुर्‍याइदिन आग्रह गर्दा चालकले नमानेपछि उनले आक्रोशित हुँदै चाबी कब्जामा लिएर बेलौरीतिर लागेकी हुन् । सोमबार दिनभर सरकारी गाडीको चाबी उपाध्यक्ष नाथकै नियन्त्रणमा रह्यो र गाडी नगरपालिकामै थन्कियो ।

नाथले भनिन् ‘बेलौरीमा आज बेलडाँडी र लालझाडी गाउँपालिकाको शिक्षा सम्बन्धी बैठक थियो, त्यसमा शिक्षा समितिका अध्यक्ष, सदस्य र प्रधानाध्यापकज्यूले जानुपर्ने थियो । हामीलाई पुर्‍याएर आउनुस् भन्दा नमानेपछि चाबी थुनेकी हुँ । उसरी व्यक्तिगत काममा पनि गाडी दुरुपयोग गर्ने, मैले पालिकाकै काममा जाँदा पनि गाडी नपाइने भयो ।’

उपाध्यक्ष नाथले बेलडाँडीमा सरकारी गाडीको व्यापक दुरुपयोग हुने गरेको आरोप लगाइन् । ‘हिजो राति ९ बजेसम्म बेलडाँडीको गाडी रेग्मीको होटलमा थियो । हिजो सार्वजनिक बिदाको दिन सरकारी गाडीमै कर्मचारीहरू शोभाताल भ्रमणमा गएर पार्टी गरेका थिए,’ उनले भनिन्, ‘त्यहाँबाट आएपछि हिजै सरकारी गाडी कर्मचारीलाई पुर्‍याउन महेन्द्रनगर गयो । सरकारी गाडीमा कहिले सासु–ससुरा बोक्ने, कहिले दारु बोक्ने । गाडीमा चुरोट पनि भेटियो । यस्तो दुरुपयोग रोक्नुपर्छ भन्ने मेरो भनाइ हो ।’

बेलडाँडीका कर्मचारीलाई ल्याउन र पुर्‍याउन सरकारी गाडी दैनिक महेन्द्रनगर जाने गरेको उनले आरोप लगाइन् । ‘मलाई एकछिन बेलौरी पुगाइदिनुस् भन्दा मलाई हिंसा गरेर हुँदैन भन्ने । आज बिहान त्यो गाडी वडाध्यक्ष र विनिलाई ल्याउन महेन्द्रनगर गयो । कर्मचारीलाई ल्याउन–लैजान जान्छ सधैं जान्छ । कहिले पत्रकारलाई बोकेर लैजान्छ । रक्सी खाने होटलमा रातिसम्म हुन्छ । २४ घण्टा हिँडेकै हुन्छ गाडी । कसैको स्वास्नी ल्याउन जानुछ र कोही काठमाण्डु घुम्न जानु छ भने पनि सरकारी गाडी नै एयरपोर्ट जान्छ,’ उनले भनिन्, ‘सरकारी गाडीको दुरुपयोग गर्नेहरू अब कसरी चलाउँदा रैछन्, मैले चाबी खोसेर पर्समा हालेर राखेको छु ।’

पालिका अध्यक्षलाई धम्की दिएको भन्ने झूटा आरोप लगाएको बताउँदै उनले यसको छिनोफानो नभएसम्म गाडीको चाबी नदिने बताइन् । उनले भनिन्, ‘कसको अगाडि मैले धम्की दिएको हो, प्रस्ट पारेपछि मात्रै चाबी दिन्छु । धम्की दिएको, गाली दिएको प्रमाण अडियो चाहियो । सरकारी गाडी आवश्यकताको आधारमा प्रयोग गर्ने हो । गाडी दुरुपयोग हुँदा पत्रकार कहाँ हुन्छन् रु’

कहिलेकाहीँ कुनै कार्यक्रममा जानुपर्दा नियन्त्रणापत्रका आधारमा आफूले पनि सरकारी गाडी प्रयोग गर्ने गरेको बताउँदै उनले गाडी व्यक्तिगत काममा दुरुपयोग धेरै हुने गरेको बताइन् । ‘राति–राति जाँड खाने होटलमा राखेका हुन्छन् । आज बिहान ७ बजे महेन्द्रनगर गएर वडाध्यक्ष र विनिलाई ल्याएर आएको छ,’ उनले भनिन्, ‘गाडी व्यक्तिगत कसैका बुवाको होइन, जनताको गाडी दुरुपयोग गर्न पाइँदैन, ड्राइभरलाई गाउँपालिकाको हो कि कसै व्यक्तिको नोकर हो कि भनेर सोधेको हो, त्यसलाई बढाएर धम्की दिएको आरोप लगाए ।’

यसबारे बुझ्न गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानालाई फोन गर्दा उनले फोन उठाएनन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विरबहादुर ऐरले कार्यालयका लागि कहिलेकाहीँ आउन–जान गाडीको प्रयोग कर्मचारीले पनि गर्ने गरेको बताए । ‘झगडा भएर यसलाई ईस्यू बनाउनु भएन, उनीहरूको झगडा हुने बित्तिकै,’ उनले भने, ‘अरु पालिकामा प्रमुख, उपप्रमुख, हाकिमको छुट्टाछुट्टै गाडी छ । हामीसँग एकै गाडी छ, त्यहीँ गाडी आवश्यकअनुसार सबैले प्रयोग गर्छन् । सभार काठमाडौँ पार्टी

ताजा समाचार

सम्बन्धित समाचार