कञ्चनपुर कारागारको मुख्य समस्या क्षमता बढी कैदीबन्दी,जिर्ण भवन

Published by:

Published on:

महेन्द्रनगर । कञ्चनपुर कारागारमा रहेका कैदीबन्दी हरुले कञ्चनपुर कारागारको सबै भन्दा चुनौतीपुर्णमुख् य समस्या भनेको नै क्षमता बढी कैदीबन्दी र जिर्ण भवन भएको बताएका छन् । संञ्चारकर्मीहरुसंग प्रतक्ष कुराकानी गर्दै कञ्चनपुर कारागारमा विभिन्न कसुरमा १०देखि १८ बर्ष लामो जेल जिवन बिताईरहेका महिला तथा पुरुष कैदीबन्दी यस्तो बताएका हुन ।

कारागार परिसरमा एक जना महिला कैदीबन्दीसंग कुराकानी गर्ने क्रममा उनले भनिन्, ‘म कञ्चनपुर कारागारमा जेल जिवन बिताई रहेको १८ बर्ष भयो मलाई अरु कुनै समस्याको कहिले आभाष भएन,‘तर जिर्ण भएको भवन र क्षमता बढि कैदीबन्दी हुदा समस्या भनिरहेने कुरा होईन सरकारले आफै बुझ्ने कुरो हो,‘एउटै घरका दाजु भाईत भिन्न स्वभावका हुन्छन् यो त कारागार हो,‘अनेक थरिका मानिस आउने जाने गर्छन,‘समस्या त हुने नै भो,।

६ दशक अघि बनेको कारागार भवन जीर्ण हुनुका साथै क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । २०२३ सालमा निर्माण भएको पहिलो कारागार भवनमा २० महिला, ७५ पुरुषसहित ९५ कैदीबन्दी क्षमताको कारागारमा साढे चार सयभन्दा बढी कैदीबन्दी रहेका छन् । दुई वर्षअघि मात्रै नयाँ भवन निर्माण भएपछि थप ६५ जना अट्ने क्षमता विस्तार भएको छ ।

अहिले २० महिलासहित १४० गरेर १६० क्षमता रहेको कारागारमा ४७५ कैदीबन्दी रहेका छन्। केही निश्चित मुद्दामा प्यारोल सुविधामा हालसम्म ४६ कैदीबन्दी छुटेका छन्। कारागारको तथ्यांकअनुसार सबैभन्दा बढी लागुऔषध १७७, कर्तव्य ज्यान ५७, मानब बेचबिखन १९, जबर्जस्ती करणी ९९, चोरी ६७, ज्यान मार्ने उद्योग सात, ठगी तीन, बैकिङ कसुर सात, वन दुई, सार्वजनिक अपराध ६ सवारी ज्यान आठ, वन्यजन्तु एक, बहुविवाह ११, विविध सात कैदीबन्दी रहेका छन्। ६ दशक अघि बनेको कारागार भवन जीर्ण हुनुका साथै क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । ०२३ सालमा निर्माण भएको पहिलो कारागार भवनमा २० महिला, ७५ पुरुषसहित ९५ कैदीबन्दी क्षमताको कारागारमा साढे चार सयभन्दा बढी कैदीबन्दी रहेका छन् । दुई वर्षअघि मात्रै नयाँ भवन निर्माण भएपछि थप ६५ जना अट्ने क्षमता विस्तार भएको छ ।

अहिले २० महिलासहित १४० गरेर १६० क्षमता रहेको कारागारमा ४७५ कैदीबन्दी रहेका छन्। केही निश्चित मुद्दामा प्यारोल सुविधामा हालसम्म ४६ कैदीबन्दी छुटेका छन्। कारागारको तथ्यांकअनुसार सबैभन्दा बढी लागुऔषध १७८, कर्तव्य ज्यान ५७, मानब बेचबिखन १९, जबर्जस्ती करणी ९९, चोरी ६७, ज्यान मार्ने उद्योग सात, ठगी तीन, बैकिङ कसुर सात, वन दुई, सार्वजनिक अपराध ६ सवारी ज्यान आठ, वन्यजन्तु एक, बहुविवाह ११, विविध सात कैदीबन्दी रहेका छन्।


कारागारको नाममा पाँच बिघा जमिन छ, जमिन पर्याप्त हुँदाहुँदै पनि भवन निर्माणमा सरकारले चासो दिएको छैन । कारागार कार्यालय कञ्चनपुरका निमित्त प्रमुख रामदत्त जोशीले क्षमताभन्दा तीन गुनाभन्दा बढी कैदीबन्दी भएकाले व्यवस्थापनमा समस्या भएको बताए। ‘हामीले उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गरेर व्यवस्थापन गरेका छौँ,’ उनले भने, ‘नयाँ भवन निर्माणका लागि हामीले डिपिआर बनाएर विभागमा पठाएका छौँ।’

उनले १५ सय क्षमताको भवन निर्माणका लागि पठाएको बताए। आइतबार कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशी, जिसस प्रमुख दुर्गादत्त बोहरा, नेपाल पत्रकार महासंघ अध्यक्ष सुरेशसिंह धामी, अधिकारकर्मी भगवती थापाले स्थलगत अनुगमनका क्रममा कैदीबन्दीले कारागारमा थुप्रै समस्या रहेको दर्शाएका थिए।

उनीहरुरूमक्ष कैदीबन्दीले बस्ने भवन, शौचालय, शुद्ध खानेपानीको माग अघि सारेका थिए। माफी मिनाह प्यारोलजस्ता सुविधा सबै मुद्दाका कैदीबन्दीहरूलाई समान सुविधा दिनुपर्ने, कैदीबन्दीमाथि आश्रित बालबालिकाको उचित व्यवस्था गर्नुपर्ने माग अघि सारेका छन्। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले कारागार सुरक्षाका लागि प्रशासनसहित सुरक्षा निकाय तैनाथ रहेको बताए। प्रजिअ ढकालले अन्यन्त्र कारागारजस्तो कञ्चनपुरमा अवस्था जटिल नभएको दाबी गर्दै कुनै सामान्य समस्या आए तुरुन्तै समाधानका लागि त्यही अनुरूप तयारी रहेको बताए। ।

ताजा समाचार

सम्बन्धित समाचार