प्रतिपक्षी दलहरूले उपसभामुख इन्दिरा रानालाई हटाउने नेपाली कांग्रेस र नेकपा एमालेको कदमको विरोध गर्ने निर्णय गरेका छन्।
मंगलवार सिंहदरबारमा बसेको प्रतिपक्षी दलहरुको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले उपसभामुख इन्दिरा रानामाथि पदअनुसारको आचरण नभएको भन्दै हटाउने प्रयास भइरहेकाले त्यसको विरोध गर्ने निर्णय भएको बताए।
जनजाति महिला र अन्तरराष्ट्रिय स्तरको पुरस्कार प्राप्त व्यक्तिलाई हटाएर संवैधानिक परिषदमा प्रतिपक्षको बहुमत भएकाले सत्तापक्षको बहुमत पुर्याउन चलखेल भइरहेको बताए।