महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ११, भुजेलाकी स्थानीय बासिन्दा बिश्ना दमाईको आकस्मिक निधनपछि मानवीयताको उत्कृष्ट नमुना देखिएको छ।
बिश्नाको निधन हुँदा उनको साथमा श्रीमान् र छोराछोरी कोही पनि नभएको खबर पाएपछि वडा नम्बर ११ का अध्यक्ष प्रकाश थापाले आफूलाई जनप्रतिनिधिको जिम्मेवारी र मानवीय कर्तव्य दुवैमा उभ्याउँदै उदाहरणीय कार्य गरेका छन्।
दमाईको निधनपछि उनको शव व्यवस्थापन र दाहसंस्कारका लागि परिवारमा कोही नहुँदा स्थानीयहरू चिन्तित थिए। यस विषम परिस्थितिमा वडा अध्यक्ष थापाले तत्कालै पहल गर्दै सम्पूर्ण आर्थिक खर्चको व्यवस्था मिलाए। उनले आर्थिक सहयोग मात्र होइन, अन्त्येष्टि सामग्रीको व्यवस्थापन गर्नुका साथै आफू मलामी गएर दाहसंस्कारको प्रक्रियामा समेत सहभागी भए।
