युवा अवस्थामा बलात्कार बृद्धमा सजाय भोग्दै

Published by:

Published on:

महेन्द्रनगर । बलात्कार मुद्दामा फरार एक अभियुक्तलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेकोे छ । बलात्कार मुद्दामा सर्वोेच्च अदालतले ६ बर्ष कैद सजाय तोकिएका बेलौरी नगरपालिका ३ खिरियाका ६० बर्षिया कृष्णराज गिरीलाई पक्राउ गरेको हो ।

कञ्चपुरका प्रहरी प्रवक्ता सागर बोहराले सर्वोेच्च अदालतले २१ जेठ ०६५ सालमा करणी मुद्दामा गिरीलाई ६ बर्ष कैद सजाय निर्धारण गरेपनि गिरीले कैद भुक्तान नगरेपछि पक्राउ गरेको बताए । बुधबार गिरीलाई घरबाटै पक्राउ गरेर अदालत हुँदै कारागार पेश गरिएको छ । झण्डै १७ बर्ष अघि बलात्कार काण्डमा कैद सजाय तोकिएका गिरी फरार लुकेका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार